मोबाइल एपबाटै सवारी साधन चलाउन सिक्न सकिने, ‘ड्राईभिङ्ग लाइसेन्स’ एप सार्वजनिक

Technology Khabar ११ असार २०७४, आईतवार

काठमाडौं ।

काठमाडौं, ११ असार । सवारी साधन चलाउन नजान्नेहरुलार्इ ध्यानमा राखेर सवारी चलाउन सिकाउने मोबाइल एप निर्माण भएको छ ।

एनसी सफ्ट प्रालिले ड्राईभिङ्ग सिक्न चाहनेहरुको लागि ‘ड्राईभिङ्ग लाइसेन्स’ (Driving License) नामक मोबाइल एप्लिकेशन तयार पारेको हो।

नेपालको सन्दर्भमा तयार गरिएको सो मोबाइल एप्लिकेशनमा सवारीको विभिन्न विधाहरु ट्राफिक संकेत, ऐन, नियम, जरिवाना, सवारी संचालन, प्राविधिक जानकारी, दुर्घटना र प्रदुषण सम्बन्धि जानकारीहरु अभ्यास गर्न सकिने कम्पनीको भनार्ई छ।

साथै ड्राईभिङ्ग लिखित परिक्षाको अभ्यासको गर्नको लागि मोटर साइकल र गाडीको लागि दुई छुट्टा छुट्टै बिकल्प सहित परिक्षामा सोध्न सकिने सम्भावित बिषयगत र बस्तुगत प्रश्नहरु राखिएको छ ।

यस एप्लिकेशनको महत्वपुर्ण पक्ष यसमा राखिएको एनिमेटेड भिडियो हो। जसमा परिक्षार्थिले अंग्रेजीको आठ ड आकारको ट्रायलमा कसरि सवारी चलाउनु पर्छ, के के कुरामा ध्यान दिनु पर्छ भन्ने विषयलार्ई देखाइएको छ ।

ड्राईभिङ्ग साथै यस एप्लिकेशनमा अन्य महत्वपुर्ण जानकारीहरु लाइसेन्स लिने तरिका, लाइसेन्स लिने कार्यालयहरु, लाइसेन्स लिने योग्यताको बारेमा लेखिएको छ। कसैलाई लाइसेन्स र सवारी संचालन सम्बन्धी केही जानकारी चाहिएमा एप मार्फत सोध्न सकिने व्यवस्था रहेको छ।

एपले ड्राईभिंग सिक्न चाहने आम सर्वसाधारणलाई स्मार्ट तरिकाबाट ड्राईभिङ्ग सिक्न मद्दत गर्ने र लिखित ड्राईभिङ्ग परिक्षाको अभ्यासको तयारी गर्न मद्दत गर्ने कम्पनीका प्रबन्धक धर्म पौडेलको भनार्ई छ।

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित: ११ असार २०७४, आईतवार

तपाइको प्रतिक्रिया