Technology Khabar ११ असार २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, ११ असार । तपाईँको स्मार्टफोन भाइरसबाट सुरक्षित छ भनेर ढुक्क नहुनुहोस् । स्मार्टफोनका विभिन्न एप्समा भाइरसले आक्रमण गरेको समाचार आएको छ ।
अन्तर्राष्ट्रिय साइबर सुरक्षा कम्पनी ट्रेंड माइक्रोले शुक्रबार विश्वभरका अधिकाशं स्मार्टफोनहरुमा ट्रोजन मालवेयर भएको पत्ता लगाएको छ । कम्पनीले गूगल प्ले स्टोरका ८०० भन्दा अधिक एप्लिकेशनहरुमा ट्रोजन एन्ड्रोयड मालवेयर जेवियर भएको पत्ता लगाएको छ । यी भाइरसहरु विश्वभर लाखौं पटक स्मार्टफोनहरुमा डाउनलोड भईसकेको छ । 
कतै तपाईँले पनि त्यस्ता मालवेयर भएका एप्स डाउनलोड गर्नुभएको छ भने होसियार हुनुहोस् यो जेवियर मालवेयरले प्रभावित मोबाइलबाट प्रयोगकर्ताको जानकारीहरु चोरिरहेको छ ।
ट्रेंड माइक्रोका अनुसार यो मालवेयरबाट प्रभावित एपहरुमा यूटिलिटी एपदेखि फोटो एप, वालपेपर एप तथा रिंगटोन चेन्जर एपसम्म समावेश रहेको छ । यस्तो प्रकारको खतराबाट बच्न प्रयोगकर्ताहरुले सावधानी अपनाउनुपर्ने हुन्छ ।
ट्रेंड माइक्रोले आफ्नो मोबाइल एप रेपुटेशन सर्भिसको तथ्यांकमा जेवियरले कुनै मोबाइल प्रयोगकर्ताको जजानकारीहरु चोरिरहेको पत्ता लगाएको थियो ।
रिपोर्टकाअनुसार जेवियरमा उपलब्ध सेल्फ सेक्योरिटी प्याटर्नका कारण यसले जानकारी लिन सफल भएको हो, जो स्ट्रिंग एनक्रिप्शन, इन्टरनेट डाटा एनक्रिप्शन तथा इम्यूलेटर डिटेक्सन जस्ता प्रविधिहरुको प्रयोग गर्दछ ।
जेवियर जस्ता मालवेयरबाट बच्ने सबैभन्दा उपयुक्त तरीका भनेको कुनैपनि थाहा नभएको सोर्सबाट आएको एप्लिकेसनलाई डाउनलोड गर्न बन्द गर्नुहो । यस्तो कुनैपनि एप्स तपाईँको स्मार्टफोनमा छ भने तत्काल त्यसलाई अनस्टल गर्नुहोस । गूगल प्ले स्टोरमा पनि अननोन सोर्सभएका एप्स डाउनलोड गर्दा ध्यान दिनुहोस् ।
प्रकाशित: ११ असार २०७४, आईतवार