Technology Khabar ९ असार २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ९ असार । ल्यापटपलाई कागत जस्तै मोडेर पट्याउन सकिन्छ भनेर भन्यो भने तपाईँ अचम्ममा पर्नुहुनेछ । किनकी अहिलेका ल्यापटपहरुलाई तोकिएको तहसम्म मात्र फोल्ड गर्न सकिन्छ तर कागत वा फाईल पट्याएर राखेजस्तो राख्न सकिन्न् ।
तर अब भने ल्यापटपलाई फोल्ड गरेर मज्जाले चलाउन सकिने वा बोक्न सकिने भएको छ । लेनोभोले हालै विश्वमा कन्सेप्ट ल्यापटप सार्वजनिक गरेको छ, जून सजिलैसँग फोल्ड गर्न सकिन्छ ।
लेनोभोले न्यूयोर्कमा आयोजना गरेको एक इभेन्टमा नयाँ किसिमको कन्सेप्ट भएको ल्यापटप सार्वजनिक गरेको हो ।
यो सार्वजनिक भएको कन्सेप्ट ल्यापटप फोल्डेबल रहेको छ अर्थात यसलाई मोड्न सकिन्छ । यो ल्यापटपको स्क्रीन आधा मोडिएको छ र हेर्दा यो फाईल जस्तो देखिन्छ । यसको स्क्रीनलाई ल्यापटपको कीबोर्डतर्फ मोडेर राख्न सकिन्छ ।
यो कन्सेप्ट ल्यापटपको स्क्रीन एक तर्फ मोडेर राख्न सकिन्छ भने खोल्दा यसलाई फाईल खोले जस्तै खोल्न सकिन्छ ।
यो ल्यापटप आगामी दिनहरुमा बजारमा सार्वजनिक हुने ल्यापटपको झलक हो । लेनोभोकाअनुसार यो ल्यापटपसँग कुराकानी पनि गर्न सकिन्छ ।
कम्पनीले यो उत्पादन कहिले ल्याउँछ र यसमा काम गरिरहेको छ वा छैन भन्ने जानकारी दिएको छैन् ।
तर पनि आगामी दिनहरुमा यस्ता प्रकारका ल्यापटप आउने अनुमान भने गर्न सकिन्छ ।
प्रकाशित: ९ असार २०७४, शुक्रबार