यस्तो छ सार्वजनिक भएको वान प्लस ५ , नेपालमा तीन सातापछि मात्र आउने

Technology Khabar ७ असार २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं, ७ असार । विगत केहि दिनदेखि चर्चामा रहेको वानप्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस ५ (OnePlus 5) सार्वजनिक भएको छ ।

चीनमा सार्वजनिक भएको वानप्लस ५ को विशेषता भनेको यसको ड्यूल रियर क्यामरा सेटअप, क्वालकम स्न्यापड्रागन ८३५ प्रोसेसर तथा र्याम रहेको छ ।

यो फोनमा ड्यूल रियर क्यामरा राखिएको छ र कम्पनीका अनुसार यसमा कुनैपनि स्मार्टफोनको तुलनामा सबैभन्दा अधिक रेजोल्यूशनको ड्यूल क्यामरा सेटअप रहेको छ । यसमा ड्यूल एलईडी फ्ल्याशसहित २० मेगापिक्सेल र १६ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ । बोकेह इफेक्टसहित यो क्यामरामा २एक्सको (2X) अप्टिकल जूम तथा ८ एक्सको (8X) भर्चूअल जूम पनि रहेको छ ।

फोनमा सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

वानप्लस ५ मा २.४ गीगाहर्जको क्वालकम स्न्याड्रागन ८३५ प्रोसेसर तथा एड्रेनो ५४० जीपीयू राखिएको छ । वान प्लस ५ ६ जीबी र ८ जीबीको र्यामसहित दुईवटा भर्सनमा उपलब्ध हुनेछ भने ६४ जीबी र १२८ जीबीको आन्तरिक स्टोरेज हुनेछ । यसको स्टोरेजलाई बढाउन मिल्दैन् ।

यसमा यसअघि आएको वानप्लस ३टीको भन्दा कम क्षमताको ब्याट्री प्याक रहेको छ । अर्थात यसमा ३३०० एमएएचको ब्याट्री रहेको छ, तर यसको ब्याट्रीले २० प्रतिशत अधिक ब्याट्री लाइफ दिने कम्पनीको भनाई छ ।

यसको डिजाइन हेर्दा एप्पलको आइफोन सेभेनसँग मिल्दो रहेको छ भने यसमा फिंगरप्रिन्ट सेन्सर होम बटनमा राखिएको छ । यसमा ५.५ इन्चको अप्टिक एमोलेड फूलएचडी डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन १०८०x१९२० पिक्सेल छ । यसको डिस्प्लेको सुरक्षाका लागि २.५डी गोरिल्ला ग्लास ५ राखिएको छ ।

ड्यूल सिम सपोर्ट गर्ने वानप्लस ५ स्मार्टफोन एन्ड्रोयड ७.१.१ नूगटमा आधारित अक्सिजन ओएसमा संचालन हुन्छ ।

कनेक्टिभिटीका लागि फोनमा फोरजी एलटिई, ड्यूल ब्याण्ड वाईफाई, ब्लूटूथ ५.० भर्सन, एनएफसी, जीपीएस, यूएसबी टाइप सी राखिएको छ ।

यो वानप्लसको अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन हो जसको मोटाई केबल ७.२५ मिलिमीटर रहेको छ ।

यो फोन मिडनाइट ब्ल्याक तथा स्लेट ग्रे कलर अप्सनमा सार्वजनिक गरिएको छ । कम्पनीले यो फोन ६जीबी र्याम र ६४जीबी स्टोरेजको अमेरिकी बजारका लागि ४८० अमेरिकी डलर तोकेको छ । त्यस्तै ८जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ५४० अमेरिकी डलर तोकिएको छ ।

वान प्लस ५ स्मार्टफोन जून २७ तारिखदेखि कम्पनीको आधिकारिक अनलाइन वानप्लस डट नेटमा (oneplus.net) उपलब्ध हुनेछ भने विभिन्न बजारहरुमा फरक फरक समयमा सार्वजनिक हुनेछ ।

वानप्लस ५ नेपाली बजारमा भने अबको तीन सातापछि मात्र उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य ६जीबी र्याम र ६४जीबी स्टोरेजको मूल्य करिब ६० हजार रुपैयाँ तोकिने छ । त्यस्तै ८जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य करिब ६६ हजार रुपैयाँको हाराहारीमा हुने बताईएको छ ।

प्रकाशित: ७ असार २०७४, बुधबार

तपाइको प्रतिक्रिया