Technology Khabar २ असार २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २ असार । पछिल्ला दिनहरुमा एप्पलको नयाँ आइफोन कस्तो हुन्छ भनेर सबैको ध्यान केन्द्रित भएको छ । एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष आइफोन ल्याउने चर्चा चलिरहँदा यसको डिजाइन र डिस्प्लेको बारेमा नयाँ जानकारीहरु आई नै रहेका छन् ।
एप्पलको नयाँ आइफोन जसलाई आइफोन ८ (iPhone 8) भनेर चिनिन्छ, त्यसको नयाँ डिजाइनको बारेमा थप जानकारीहरु आएका छन् ।
चीनको सेनझेनमा आयोजना भईरहेको मोबाइल कन्फ्रेन्समा देखाईएको एक प्रस्तुतीमा एप्पलको आइफोन ८ को बारेमा जानकारी दिईएको छ । त्यहाँ भएका विभिन्न जानकारीहरु मध्ये एउटा स्लाइडको प्रस्तुतीमा नयाँ आईफोनको बारेमा जानकारी दिईएको छ ।
जानकारीअनुसार आइफोन ८ मा ५.८ इन्चको २.५ डि कब्र्ड (2.5D) डिस्प्ले राखिने छ । त्यसैगरि यसमा ३ डी टच (3D Touch) पनि हुनेछ । आइफोनको डिस्प्लेमा ओएलईडी (OLED) प्रयोग गरिने बताईएको छ ।
आइफोन ८ मा हुने टच आईडिको बारेमा उल्लेख भएपनि त्यो कुन स्थानमा राखिएको छ भन्ने जानकारी भने छैन् ।
यसको केहि डिजाइनहरु हेर्दा यो इसेन्सियल फोन जस्तै डिजाइनमा आउने छ । तर अझैपनि यसको बारेमा ठोस जानकारी भने आईसकेको छैन् । यसको स्पष्ट जानकारी पाउनका लागि भने केहि समय अझैे कुर्नपर्ने हुनसक्छ ।
प्रकाशित: २ असार २०७४, शुक्रबार