Technology Khabar ३१ जेष्ठ २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, ३१ जेठ । जिओनीले ए वान (Gionee A1) बजारमा सार्वजनिक गरेको केहि समयमा नै कम्पनीले यसको लाइट भर्सन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले ए लाइनअपको ए वान लाइट (Gionee A1 Lite) सस्तो मूल्यमा स्तरिय स्मार्टफोन चाहनेहरुका लागि ध्यानमा राखेर ल्याउन लागेको हो ।
जिओनी ए १ लाइट कम्पनीले सेल्फी र अधिक ब्याट्री क्षमता चाहनेहरुका लागि ध्यानमा राखेर ल्याउन लागेको हो ।
फोनमा सेल्फीका लागि सेल्फी फ्ल्याशसहितको २० मेगापिक्सेलको फ्रन्ट क्यामरा राखेको छ । यसमा भएको सफ्टलाइट सेल्फी फ्ल्याशले प्रयोगकर्ताहरुलाई आकर्षक सेल्फी खिच्न सहयोग गर्ने बताईएको छ । यसको सेल्फी क्यामराबाट प्राकृतिक रुपको फोटो खिच्न सकिन्छ जसमा मिलेको कलर टेम्पेरेचर रहेको हुन्छ ।
यसको सफ्ट लाइटीङ इफेक्टले प्रयोगकर्तालाई प्राकृतिकपना प्रदान गर्दछ भने प्रयोगकर्तालाईे आकर्षक बनाउन सहयोग गर्दछ ।
जिओनी ए १ लाइटमा ५ पिक्सेल सेन्टर यूनिट भएको क्यामरा रहेको छ, जसले कम उज्यालो प्रकाश भएको बेलामा पनि तस्विरको गुणस्तरमा सुधार गर्दछ ।
यसका साथै जिओनीको अनुसन्धान तथा विकासमा लामो अवधिको ब्याट्री बनाउने महत्वपूर्ण दक्षता रहेको छ । जसले ए १ लाइनमा ४,००० एमएएचको ब्याट्री कम स्थानमा नै राख्न सफल भएको छ । यसको अ सेल्फी स्टूडियो इन योर पकेट भन्ने नारालाई सूपर ब्याट्रीले सार्थक पारेको छ ।
यो स्मार्टफोनमा ५.३ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १२८०x७२० पिक्सेल रहेको छ । यसमा ६४ बिट मिडिया टेकको अक्टा कोर प्रोसेसर राखिएको छ भने ३ जीबी र्यामका साथै ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।
जिओनी ए १ लाइट एन्ड्रोयड ७.० भर्सनमा आधारित अमिगो ४.० भर्सनमा संचालन हुन्छ ।
यसमा ए वानको जस्तै अडियो क्षमता रहेको छ भने यसको फिंगरप्रिन्ट अधिक तिब्र गतिको रहेको छ । यसमा केबल हलुकारुपमा छुँदा मात्र पनि यसको फिंगरप्रिन्ट रिडरले डिभाइस अनलक गर्न सकिन्छ ।
यसको २.५ डी कब्र्ड ग्लास, मेलालिक ब्याक कभर, स्लीक यूनिबडी डिजाइनले जिओनी ए १ लाइटलाई आकर्षक र लोभलाग्दो बनाएको छ ।
बजारमा यो स्मार्टफोन ३ वटा कलर अप्सनहरु रेड, ब्ल्याक, गोल्डमा उपलब्ध हुनेछ ।
कम्पनीले यसको बजार मूल्य २६,९९९ रुपैयाँ तोकेको छ भने यो स्मार्टफोन १८ जूनदेखि २३ जूनसम्म प्रि-बुक गर्न सकिने कम्पनीले जनाएको छ । जिओनी ए १ लाइट स्मार्टफोन २,००० रुपैयाँ तिरेर प्रि बुक गर्न सकिने छ ।
प्रकाशित: ३१ जेष्ठ २०७४, बुधबार