एमआइको इलेक्ट्रीक स्कूटर बजारमा, ४८ हजार ९९९ रुपैयाँमा नै किन्न पाइने

Technology Khabar ३० जेष्ठ २०७४, मंगलवार

काठमाडौं ।

काठमाडौं, २८ जेठ । चिनियाँ इलेक्ट्रोनिक्स उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा इलेक्ट्रीक स्कूटर भित्र्याएको छ । नेपालमा जाओमीको लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले एमआइ इलेक्ट्रीक स्कूटर सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको स्कूटर बिजुलीमा चार्ज गरेर चलाउन सकिन्छ ।

हाल यो स्कूटर सिमित अवधिको लागि अफरको रुपमा बजारमा आएको छ । कम्पनीले नेपाली बजारमा यो इलेक्ट्रीक स्कूटरको अफर मूल्य ४८ हजार ९९९ रुपैयाँ तोकेको छ, जून यहि जून १६ तारिख अर्थात असार २ गतेसम्मका लागि मात्र लागू हुनेछ ।

अफरपछिको मूल्य कम्पनीले ५४ हजार ९९९ रुपैयाँ हुने जानकारी दिएको छ ।

एमआइ इलेक्ट्रीक स्कूटर एमआइका शोरुमहरुसहित आधिकरिक स्टोरबाट किन्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७४, मंगलवार

तपाइको प्रतिक्रिया