
काठमाडौं ।
काठमाडौं, २१ जेठ । इन्टरनेटमा झुण्डिन रुचाउनेहरुका लागि खुशीको खबर आएको छ । अब इन्टरनेटमा सर्च गर्दा पैसा कमाउन सकिने भएको छ ।
माइक्रोसफ्टले सर्च इन्जिन बिंगबाट सर्च गर्दा रकम दिने योजना अगाडि ल्याएको छ । कम्पनीले आफ्नो सर्च इन्जिन बिंगलाई गूगलसँग प्रतिस्पर्धी बनाउन नयाँ फिचर ल्याएको हो । जसमा सर्च गर्ने यूजरलाई कम्पनीले पैसा दिनेछ ।
माइक्रोसफ्टले रिवार्ड प्रोग्रामको शुरुवात गर्दै यूजर्सलाई बिंगतर्फ आकर्षित गर्न खोजेको हो । यसले गूगलसँग प्रतिस्पर्धा गर्नका लागि कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो कदम भन्न सकिन्छ ।
माइक्रोसफ्टले निकै आक्रामक तरिकाले रिवार्ड प्रोग्राम शुरु गरेको छ । किनकी यसमा सर्च गर्दा यूजरलाई पैसा दिईन्छ ।
बिंग सर्च इन्जिन यूज गर्दा माइक्रोसफ्टले प्वाइन्टको आधारमा रिवार्ड दिनेछ जसलाई रकममा परिवर्तन गर्न सकिन्छ ।
रिवार्ड पाउनका लागि यूजर्सले आफ्नो माइक्रोसफ्ट एकाउन्टसँग बिंगमा लनइन गर्नुपर्ने हुन्छ । यतिमात्र गरेर पुग्दैन् । यदि यूजर्स माइक्रोसफ्टको वेब ब्राउजर एज प्रयोग गर्दछ भने प्वाइन्ट डबल हुनेछ । यस्को अर्थ माइक्रोसफ्टले आफ्नो ब्राउजरलाई पनि प्रबद्र्धन गर्न लागेको छ ।
हरेक एउटा बिंग सर्चमा यूजर्सलाई तीन प्वाइन्ट दिईनेछ, तर यदि तपाईँले माइक्रोसफ्टको एजको माध्यमबाट बिंग सर्च गर्नुभयो भने यो प्वाइन्ट डबल अर्थात ६ प्वाइन्ट हुनेछ ।
यदि तपाईँले एक दिनमा बिंगमा १० विषयहरुको सर्च गर्नुभयो भने तपाईँले ६० प्वाइन्ट हासिल गर्नुहुनेछ । यो लेभल १ यूजर्सका लागि हो ।
लेभल १ बाट माथि उक्लंदै लेबल २ सम्म जानको लागि एक महिनामा ५०० प्वाइन्ट संकलन गर्नुपर्ने हुन्छ । यसपछि मात्र तपाई लेभल २ मा जानुहुन्छ र हरेक दिन १५० प्वाइन्ट कलेक्ट गर्न सक्नुहुनेछ ।
माइक्रोसफ्टकाअनुसार बिंगमा गरिएको सर्च कम्प्यूटर र मोबाइल दुबैमा गर्न सकिन्छ । सर्च लिमिट हरेक दिन रिसेट हुनेछ अर्थात दोस्रो दिन फेरी प्वाइन्ट कलेक्ट गर्न सकिन्छ ।
बिंग सर्चबाट कमाएको प्वाइन्टस् माइक्रोसफ्टको प्राइजका लागि एक्सचेन्ज गर्न सकिनेछ ।
अहिलेसम्म विश्व सर्च इन्जिनको क्षेत्रमा गूगल ७७.९८ प्रतिशतका साथ नम्बर १ स्थानमा रहेको छ । बिंग ७.८ प्रतिशतको आधारमा दोस्रो स्थानमा छ । यसैगरि चीनको सर्च इन्जिन बैदू भने तेस्रो स्थानमा छ ।
एजेन्सीको सहयोगमा
प्रकाशित: २१ जेष्ठ २०७४, आईतवार