जिओनी ए१ प्लस नेपाली बजारमा, सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा

Technology Khabar १९ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १९ जेठ । जिओनीले नेपाली बजारमा नयाँ स्मार्टफोन ए वान प्लस सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसमा देखाएको तीन महिनापछि नेपाल र भारतमा एकै पटक जिओनी ए १ प्लस (A1 Plus) सार्वजनिक गरेको हो ।

यसअघि नेपाल र भारतमा विश्व बजारमै पहिलो पटक ए सिरिजको ए १ स्मार्टफोन सार्वजनिक गरेको थियो । कम्पनीको ए लाइनअपको बारेमा मिडियामा पनि निकै चर्चा कमाएको थियो ।

कम्पनीले विशेषगरि अधिक क्षमताको ब्याट्री चाहने र उत्कृष्ट फोटो खिच्न मनपराउनेहरुलाई ध्यानमा राखेर पहिलो पटक ए सिरिजमा स्मार्टफोन सार्वजनिक गरेको थियो ।

नेपालमा हालै सार्वजनिक भएको यो स्मार्टफोन यसअघिको ए वानको माथिल्लो तहको स्मार्टफोन हो । नेपाली बजारमा यो स्मार्टफोन ५०,००० रुपैयाँ हाराहारीमा किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो स्मार्टफोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ जसले निकै कम उज्यालो भएको बेलामा पनि तस्विर खिच्न सक्दछ । यसमा भएको ५ पी लेन्सले अन्य स्मार्टफोनहरुको ४ पी लेन्स भन्दा १० प्रतिशत अधिक गुणस्तरीय फोटो खिच्दछ । यसमा भएको बोके सेल्फी मोडले फोन प्रयोगकर्तालाई शुटिंग स्टायल फोटो खिच्न सहयोग गर्दछ ।

यसमा फेस ब्यूटी २.०, ७९ डिग्रीको एक्स्ट्रा वाईड एंगललगायतका फीचरहरु रहेका छन् ।

जिओनी ए १ प्लसमा मिडियाटेकको ६७५५ प्रोसेसर राखिएको छ भने एन्ड्रोयड नूगट ७.०मा आधारित रहेको छ । फोनमा ४ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज छ । फोनमा अडियोको लागि म्याक्सअडियोसँगको सहकार्यमा आश्चार्यजनक र रोमान्चक अनुभव दिने कम्पनीको भनाई छ ।

फोनमा ६ इन्चको फूलएचडी स्क्रीन रहेको छ, जसको रिजोल्यूशन १९२०x१०८० रहेको छ ।

जिओन ए १ प्लस स्मार्टफोनमा ४,५५० एमएएचको ब्याट्रीका साथमा जिओनी १८ वाट अल्ट्राफास्ट चार्जिग टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १९ जेष्ठ २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया