Technology Khabar १८ जेष्ठ २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, १८ जेठ । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सको अनलाइन टेलीभेन्चर यूले नयाँ स्मार्टफोन यू यूरेका ब्ल्याक (YU Yureka Black) सार्वजनिक गरेको छ । कम्पनीले हाल भारतीय बजारमा अनलाइनमा मात्र बिक्री गर्ने गरि यू यूरेका ब्ल्याक स्मार्टफोन ल्याएको हो ।
यू यूरेका ब्ल्याक कलर भेरिएन्टमा आउने छ, जून यसअघि सन् २०१५ मा सार्वजनिक भएको यू यूरेका भन्दा पुरै फरक रहेको छ ।
यो स्मार्टफोनमा २.५ डी कभ्र्ड ग्लास ५ इन्चको स्क्रीन राखिएको छ जसको रिजोल्यूशन १०८०x१९२० पिक्सेल रहेको छ । यसमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ४३० प्रोसेसर राखिएको छ । यसको स्क्रीनलाई कोर्निङ गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित पारिएको छ ।
यूरेका ब्ल्याकमा ४ जीबीको र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।
मेटल बडी डिजाइनमा आएको यो फोनमा ४जी भीओएलटिई कनेक्टिभिटी फिचर रहेको छ ।
फोटोका लागि फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यो फोनको होम बटनमा नै फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।
एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा संचालन हुने फोनमा ३,००० एमएएचको ब्याट्री ब्याकअप रहेको छ ।
भारतीय बजारमा यो स्मार्टफोनको मूल्य ८,९९९ भारु तोकिएको छ भने यो फ्लिपकार्टमा मात्र जून ५ तारिखदेखि उपलब्ध हुनेछ ।
प्रकाशित: १८ जेष्ठ २०७४, बिहीबार