यसरी निशुल्क प्राप्त गर्न सकिन्छ वानप्लस ५ स्मार्टफोन

  • Technology Khabar | १७ जेष्ठ २०७४, बुधबार
यसरी निशुल्क प्राप्त गर्न सकिन्छ वानप्लस ५ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १७ जेठ । चर्चित स्मार्टफोन ब्राण्ड वानप्लसको नयाँ स्मार्टफोन आउने तयारीमा छ । कम्पनीले वानप्लस ५ स्मार्टफोन केहि दिनमा सार्वजनिक गर्ने चर्चा चलिरहेको छ ।

यहिबिचमा कम्पनीेले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनको क्यामराका लागि निकै सतर्क रहेको बताईएको छ । कम्पनीले वानप्लस ५ स्मार्टफोनलाई फोटोग्राफीका लागि विशेष फोनको रुपमा ल्याउन चाहेको छ । त्यसैले कम्पनीले मोबाइल फोटोग्राफर्सका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

वास्तवमा भन्दा वानप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्नुभन्दा पहिलो त्यसको क्यामरा प्रोफेशनल मोबाइल फोटोग्राफर्सद्धारा परिक्षण गराउन चाहेको छ । जसले गर्दा यो फोटोग्राफरहरुले यो स्मार्टफोनको क्यामराको बारेमा रिभ्यू दिन सकुन् । यसपछि मात्र कम्पनीले वानप्लस ५ स्मार्टफोन सार्वजनिक गर्नेछ ।

यो योजनाको लागि वानप्लसले जम्मा १० जना विजेताहरुको छनौट गर्नेछ र उनीहरुलाई फोन सार्वजनिक हुनुभन्दा पहिले नै वानप्लस ५ उपलब्ध गराउने छ ।

यसको लागि प्रतियोगिहरुले वानप्लसको इन्स्टाग्राम एकाउन्ट @oneplustech लाई फलो गर्नुपर्ने हुन्छ र एउटा फर्म भर्नुपर्ने हुन्छ । यसअन्तरगत प्रतियोगिले आफ्नो इन्स्टाग्रामद्धारा आफुलाई मनपरेको कुनै तीन फोटो सबमिट गर्नुपर्ने हुन्छ ।

कम्पनीकाअनुसार अहिलेको समयमा मोबाइल क्यामराले नै मानिसहरुका लागि प्रोफेसनल क्यामराको रुपमा काम गरिरहेको छ । यस्तोमा मोबाइल फोटोग्राफीलाई कम्पनीले नयाँ उचाईमा पुर्याउन चाहन्छ । कम्पनीले यस्तो डिभाइस बनाउन चाहेको छ जसले मोबाइल फोटोग्राफरहरुका लागि विशेष किसिमको हो । यसको लागि कम्पनीले मोबाइल फोटोग्राफर कम्यूनिटीसँग सम्पर्क गर्ने कम्पनीले जनाएको छ ।

यदि तपाईँ पनि वानप्लस निशुल्क प्राप्त गर्न चाहनुहुन्छ र मोबाइल फोटोग्राफीमा रुची राख्नुहुन्छ भने यो विशेष अवसर हो । यसको लागि तपाईँले सिधै वानप्लसको इन्स्टाग्राम एकाउन्टमा गएर थप जानकारी लिन सक्नुहुनेछ ।

वानप्लसको नयाँ फ्ल्यागशिप फोनमा भर्टिकल ड्यूल क्यामरा सेटअप हुनेछ भने यसको डिस्प्ले करिब करिब बेजेललेस डिजाइनको हुनेछ । यसको रियर ड्यूल क्यामरा सेटअपको भित्र नै एलईडी फ्ल्याश हुने बताईएको छ ।

यसका साथै यसमा ८ जीबीको र्याम तथा फिंगरप्रिन्ट सेन्सर फ्रन्ट होम बटनको भित्र हुने अनुमान छ ।

प्रकाशित: १७ जेष्ठ २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार