Technology Khabar १५ जेष्ठ २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, १५ जेठ । सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवस मनाएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्र दिवसको जानकारी दिने डुडल बनाएर राखिएको छ ।
गूगलको मुख्य पेजमा नेपालको गणतन्त्रको डुडलमा क्लिक गर्दा नेपालको झण्डा फरफराईरहेको देख्न सकिन्छ ।
मुख्य पेजमा क्लिक गरेर नेपाल रिपब्लिक डेको बारेमा जानकारी हेर्न सकिन्छ । जसमा अाइतवार मे २८ मा नेपालको गणतन्त्र लेखिएको छ ।तर त्यसको पेजमा क्लिक गर्दा भने मे २९ मा नेपाल रिपब्लिक डे भनेर लेखिएको छ । सो पेजमा नेपालको बारेमा पनि जानकारी पनि दिइएको छ ।
प्रकाशित: १५ जेष्ठ २०७४, सोमबार