Technology Khabar ११ जेष्ठ २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, ११ जेठ । रोबोटले प्रहरीको भूमिका निभाउँछ भन्दा तपाईँलाई पक्कै पनि कुनै सिनेमाको दृश्यको झल्को वा कथाको याद आउँछ होला । तर अब आश्चार्य मान्नुपर्दैन् । हालै दुबई प्रहरीले पहिलो पटक रोबोट पुलिस अधिकारीलाई ड्यूटिमा नियुक्त गरेको छ ।
पुलिस प्रोग्रामअन्तरगत अहिलेको लागि यो रोबोट पुलिसलाई शहरको सपिंग मलहरु तथा पर्यटन स्थलहरुको गस्तिमा नियुक्त गरिएको छ ।
मानिसहरुले यसको माध्यमबाट अपराधको सूचना दिन सक्नेछन यसको प्रयोग जरिवाना तिर्नमा पनि प्रयोग हुन सक्नेछ र यसको छातीमा लगाईएको टचस्क्रीनद्धारा विभिन्न सूचनाहरु पनि हासिल गर्न सकिनेछ ।
यो रोबोट प्रहरीले विभिन्न तथ्यांकहरु पनि संकलन गर्नेछ । यो तथ्यांकहरु ट्रान्सपोर्ट तथा ट्राफिक विभागका साथमा सेयर गर्न सकिने बताईएको छ ।
दुबईको प्रशासनले सन् २०३० सम्म प्रहरी बलमा २५ प्रतिशत रोबोटको प्रयोग गर्ने अपेक्षा गरेको छ ।
तर यो स्पष्ट पारिएको छ की रोबोट प्रहरीले मानिसको स्थान लिने छैन् ।
दुबई पुलिसका स्मार्ट सर्भिसेज विभागका महानिर्देशक ब्रिगेडियर खालिद अल रजूकीले भने, हामी आफ्ना पुलिस अफिसरहरुलाई यो रोबोट मेशिनद्धारा बदल्दैनौं । तर जून संख्यामा दुबईमा मानिसहरुको संख्या बढिरहेको छ, हामी प्रहरी अधिकारीहरुलाई सही स्थानमा तैनाथ गर्न चाहन्छौं जसले शहरको सुरक्षामा ध्यान दिउन् ।
उनले यो रोबोट प्रहरीको माध्यमबाट सातै दिन २४ सै घण्टा सेवा प्रदान गरिने जानकारी दिए ।
यो रोबोटमा क्यामरा राखिएको छ जसले पुलिस कमाण्ड सेन्टरमा भिडियो संदेश पठाउँछ । यसपछिको ब्याचमा प्रहरीले अपराधको चुनौती सामाना गर्ने किसिमको रोबोट ल्याउने तयारी गरेको छ ।
प्रकाशित: ११ जेष्ठ २०७४, बिहीबार