ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा कालीकोटमा

  • Technology Khabar | १० जेष्ठ २०७४, बुधबार
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा कालीकोटमा

काठमाडौं ।

काठमाडौं, १० जेठ । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लामा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीका वडा नं २ मा सेवा सुरु गरेको हो । ग्लोबल आईएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले व्यवसायीक प्रतिनिधिलाई मेसिन हस्तान्तरण गरेर सो सेवाको उद्घाटन गरे।

बैंकले खाँडाचक्र नगरपालीका वडा नं २ मा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय कर्ण वहादुर खत्रिलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कालीकोटमा सुरु गरिएको सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४६ पुगेको जनाएको छ।

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्ने, भुक्तानी गर्ने, मोवाईल रिचार्ज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुबिधा रहेका छन्।

ग्लोवल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा हालसम्म ३ वटा एक्सटेन्सन काउण्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार