Technology Khabar ७ जेष्ठ २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, ७ जेठ । सामसंगले केहि महिनाअघि मात्रै ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लस सार्वजनिक गरेको थियो । तर फेरी सामसंगको नयाँ फोनको फोटो सार्वजनिक भएको छ, जसमा ड्यूल क्यामरा सेटअप रहेको छ ।
यो नयाँ स्मार्टफोन सामसंगको पहिलो ड्यूल रियर क्यामरा सेटअप भएको स्मार्टफोन हो जून संभवत ग्यालेक्सी नोट ८ भन्दा अगाडि नै बजारमा आउने छ । यसअघि ग्यालेक्सी नोट ८ मा ड्यूल रियर क्यामरा हुने बताईएको थियो । तर सामसंगको सी सिरिजमा पनि ड्यूल रियर क्यामरा आएको छ ।
सामसंगको यो ड्यूल रियर क्यामरा भएको ग्यालेक्सी सी १० स्मार्टफोन हो ।
गत साता मात्र चीनमा यसको जानकारी तथा तस्विरहरु लीक भएका थिए । जून ग्यालेक्सी सी ९ प्रो जस्तै डिजाइनमा रहेको छ ।
सामसंगको सी नाइन प्रो सामसंगको पहिलो ६ जीबी र्याम भएको स्मार्टफोनको रुपमा सार्वजनिक गरिएको थियो । त्यसैगरि सी १० स्मार्टफोन सामसंगको ड्यूल रियर क्यामरा भएको पहिलो स्मार्टफोन हुनेछ ।
हालै लीक भएको नयाँ तस्विरअनुसार यसमा ठाडो गरि राखिएका ड्यूल रियर क्यामरा छन भने एलईडी फ्ल्याश दुईवटा रियर क्यामराको बिचमा रहेको छ । यसका साथै सि नाइन प्रोमा फिंगरप्रिन्ट अगािड भए जस्तै सी १० मा पनि फिंगरप्रिन्ट अगाडि हुने अनुमान गरिएको छ ।
प्रकाशित: ७ जेष्ठ २०७४, आईतवार