Technology Khabar ४ जेष्ठ २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, ४ जेठ । दैनिकरुपमा अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले यूट्यूबमा (Youtube) भिडियो हेर्ने गर्दछन् । आफ्नो रुचीअनुसारका भिडियो सर्च गर्नु वा अपलोड गर्नु यूट्यूवमा नियमित जस्तै भईसकेको छ । तपाईँ यूट्यूवमा दैनिक विभिन्न किसिमका भिडियोहरु हेर्ने गर्नुहुन्छ र तपाईँलाइ पनि त्यस्तै भिडियोहरु यूट्यूबमा राख्न मन छ भने अब सजिलो भएको छ ।
यूटूबले अब प्रयोगकर्ताहरुका लागि लाइभ भिडियोको सुविधा दिएकोछ । स्मार्टफोनमा अब यूट्यूबमा लाइभ भिडियो पोस्ट गर्न सकिन्छ । यूट्यूबको मोबाइल एपमा मात्र यो सुविधा हाल उपलब्ध रहेको छ ।
यस्तो लाइभ भिडियो पोस्ट गर्ने सुविधा फेसबुक/ट्वीटरमा निकै लोकप्रिय भएको छ ।
यूट्यूबले यसअघि लाइभ भिडियो पोस्ट गर्नका लागि कम्तिमा १,००० सब्सक्राइबर हुनुपर्ने बन्देज लगाएको थियो भने त्यसअघि १०,००० सब्सक्राइबर हुनुपर्ने नियम थियो । अब तपाईँको यूट्युब च्यानलमा कुनैपनि सब्सक्राइबर नभएपनि सिधै लाइभ गर्न सकिने भएको छ ।
तर यसको लागि अझैपनि केहि बन्देजहरु भने राखिएको छ । यूट्यूबमा लाइभ गर्नको लागि तपाईँसँग भेरिफाइड च्यानल हुनुपर्दछ भने गत ९० दिनभित्रमा लाइभ स्ट्रीम प्रतिबन्धहरु नभएको हुनुपर्नेछ।
यो लाइभ फीचरको सुविधा सबै प्रयोगकर्तालार्इ भने उपलब्ध गराइएको छैन् । संभवत यूट्यूबले बिस्तारै सबैलार्इ उपलब्ध गराउने छ ।
यसरी गर्न सकिन्छ लाइभ
यो नयाँ फीचर तपाईँले यूट्यूब एप खोलेपछि आउने एफएबीमार्फत गर्न सकिन्छ । एफएबीमा ट्याप गरेपछि तपाईँले तीनवटा अप्सन भएको स्क्रीन देख्नुहुनेछ । जसमा रेकर्ड (record), एज नर्मल (as normal) अथवा गो लाइभ (Go Live) विथ स्ट्रीमीङ् कन्टेन्ट भन्ने अप्सन देखिन्छ ।
तर त्यो भन्दा अगाडि तपाईँको अकाउन्ट भेरिफाइड भएको हुनुपर्दछ अन्यथा तपाईँले गो लाइभ अप्सन देख्नुहुनेछैन् ।
पछिल्लो दिनमा यूट्यूबले परिवर्तन गरेको नियमले स्मार्टफोन प्रयोगकर्ताहरुले लाइभ भिडियो पोस्ट गर्न सकिन्छ भने कन्टेन्ट उत्पादन गर्नेहरु तथा भिडियो हेर्ने दर्शकहरुका लागि भने यो निकै ठूलो अवसर हुनसक्नेछ ।
यूट्यूब लाइभको सुविधा यसअघि नै एप अपडेटमा गरिसकेको छ तर गूगल, यूट्यूबले आधिकारिकरुपमा भने घोषणा गरेको छैन् ।
प्रकाशित: ४ जेष्ठ २०७४, बिहीबार