
काठमाडौं ।
काठमाडौं, २७ वैशाख । रेनो नेपालले क्विडको नयाँ मोडल बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आज एक कार्यक्रमकाबिच ‘लीभ फर मोर एडिसन’ भनेर चिनिने रेनो क्विड १.० लीटर स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिन गाडि सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ गाडिमा एस यु भी बाट प्रेरित भएको डिजाईन, ७ इन्चको टच स्क्रीन मिडिया नाभ सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, वान टच लेन चेन्ज इण्डिकेटर, रेडियो स्पीडको आधारमा नियन्त्रण हुने भोल्यूम, लोड लिमिटर्स विथ प्रिटेन्सनर्स प्रो–सेन्स सिट बेल्ट लगायतका सुविधाहरु छन् । त्यसैगरि यसमा गाडि चालकको सुरक्षाका लागि एयरब्याग पनि राखिएको छ ।
क्विड १.० लीटर स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिन भएको गाडिमा ३०० लिटरको बूट क्यापासिटि, एर्गो स्मार्ट क्याबिन, मल्टिपल स्टोरेज स्पेस, अपर सेगमेन्ट बडि डाइमेन्सन, इन्टेरियर स्पेस, सर्भिस पार्ट मर्मत लागत, राईड एण्ड ह्याण्डलिङ, पर्सनलाईजेसन अप्सन जस्ता विशेषताहरु छन् ।
क्विड १.० लीटर सार्वजनिक गर्दै रेनो इण्डियाका बिजनेस एण्ड मार्केटिङ हेड नविन मिश्राले नेपाली बजारमा रेनोले छोटो अवधिमा नै ७ प्रतिशतभन्दा बढि बजार हिस्सा लिन सफल भएको दाबी गरे । उनले गाडिको बजारमा तेस्रो नम्बरको ब्राण्ड हुन सफल भएको जानकारी दिए ।
प्रकाशित: २७ बैशाख २०७४, बुधबार