Technology Khabar २७ बैशाख २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, २७ बैशाख । अहिले गर्मीको मौसम शुरु भईसकेको छ । हरेक मानिसहरुले गर्मीको समयमा निकै पसीना आउने समस्या भोगिरहेका छन् । यस्तो पसीनाले गर्दा तपाईँको लुगा तथा जीउ गनाउने समस्या पनि भोगिरहनुभएको होला । अझ भित्री वस्त्र गर्मीको समयमा पसीनाले भिज्ने र गनाउने समस्या अधिकांशको हुने गर्दछ ।
तर अब भने तपाईँलाई यस्तो समस्याबाट केहि हदसम्म भएपनि मुक्ति मिल्ने भएको छ । शरिरमा अधिक पसीना आउने र लुगामा टाँसिनबाट बचाउन यस्तो पसीना सोस्ने कपडा आवश्यक पर्दछ, जसको लागि बजारमा नयाँ प्रविधि युक्त भित्री वस्त्र आएको छ ।
हरेकलाई गर्मीमा दैनिक पसीना आएर अण्डरवेयर गनाउने समस्याबाट समाधान दिन साओमीले नयाँ प्रविधिको अण्डरवेयर सार्वजनिक गरेको छ ।
साआोमीले मिजीआ (Mijia) क्राउडफण्डिङ प्लेटफर्ममार्फत कटनस्मीथ (Cottonsmith underwear) नामक अण्डरवेयर सार्वजनिक गरेको छ । यो अण्डरवेयरले तपाईँलाई गर्मीको समयमा सफा र पसीनारहित बनाउन सक्नेछ । महिला तथा पुरुष दुबैको लागि उपलब्ध रहेको अण्डरवेयरमा विकिङ विण्डोजको प्रविधि (Wicking Windows™ technology) प्रयोग गरिएको छ । यो प्रविधिले मानिसको शरिरमा भएको पसीना सोसेर त्यसलाई शरिरलाई सुख्खा बनाउँछ ।
यो नयाँ अण्डरवेयरले अन्य अण्डरवेयरको तुलनामा तपाईँको पसीनालाई ४० प्रतिशत छिटो सोसेर दिनभर फ्रेस बनाउन सहयोग गर्ने कम्पनीले दाबी गरेको छ ।
कटनस्मीथ नामक अण्डरवेयर तीनवटा सेटको प्याकमा उपलब्ध हुनेछ जसमध्ये पुरुष अण्डरवेयरको मूल्य ९९ चीनियाँ युआन अर्थात १५ अमेरिकी डलर तोकिएको छ । त्यसैगरि महिलाका लागि उपलब्ध अण्डरवेयर तीन वटा सेटको मूल्य ६९ यूआन अर्थात १० अमेरिकी डलर तोकिएको छ ।
यो विशेष प्रविधिसहितको अण्डरवेयर चार विभिन्न साइजमा महिला र पुरुष दुबैका लागि उपलब्ध हुनेछ भने विभिन्न कलर अप्सन रहेको छ ।
साओमीको कटनस्मीथ ब्राण्डको अण्डरवेयर यहि जून १९ तारिखदेखि मेटालिक सिलिण्ड्रिकल केसमा उपलब्ध हुने छ ।
प्रकाशित: २७ बैशाख २०७४, बुधबार