Technology Khabar २७ बैशाख २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, २७ बैशाख । एप्पलले आफ्नो चार साल पुरानो स्मार्टफोन आइफोन ५ एसको मूल्यमा कटौती गर्ने तयारी गरेको छ । प्रयोगकर्ताहरुले निकै मन पराएको यो स्मार्टफोन अहिले पनि आइफोनको लोकप्रिय मोडलमा पर्दछ । यसको साइजको कारणले यो फोन लोकप्रिय भएको बताईएको छ ।
रिपोर्टकाअनुसार एप्पलले आइफोन ५ एसको मूल्यमा कटौती गर्न लागेको छ । कम्पनीले आइफोन ५ एसको नयाँ मूल्य २४,००० रुपैयाँसम्म गर्न सक्ने अनुमान गरिएको छ ।
तर यो मूल्य कटौती नेपाली बजारका लागि भने होईन् । एप्पलले भारतको बजार हिस्सा बढाउने रणनीतिअनुसार आइफोन ५ एसको मूल्य कटौती गरेर भारु १५,००० अर्थात नेपाली रुपैयाँ २४,००० सम्म गर्ने बताईएको छ । भारतमा एप्पलले आफ्नै एक्सक्लूसिभ अनलाइन स्टोर तिहारको समयसम्ममा शुरु गर्न सक्ने रिपोर्टहरु यसअघि पनि आएका थिए । यहि मौका पारेर कम्पनीले भारतको बजार हिस्सा बढाउन आइफोन ५ एसलाई सस्तो मूल्यमा अनलाइन स्टोरमा मात्र बिक्री गर्ने रिपोर्टमा उल्लेख छ ।
उता भारतीय बजारमा अफलाइन रिटेल स्टोरमा बिक्री हुने सबैभन्दा सस्तो एप्पल आइफोन ५ एसईको मूल्य भारु २०,००० हजार रुपैंया हुनेछ ।
भारतमा आइफोन ५ एसको नयाँ मूल्यले भारतीय बजारमा अन्य ब्राण्डहरुलाई कडा टक्कर दिने बताईएको छ ।
यदि भारतीय बजारमा आइफोनको मूल्य कटौती भएमा यसले नेपाली बजारमा पनि अप्रत्यक्ष प्रभाव पार्ने अनुमान गर्न सकिन्छ । नेपाली ग्राहकहरु अहिले पनि सीमानाका पारि भारतीय बजारमा गएर विभिन्न सामाग्रीहरु किन्ने गरेका छन । त्यसैगरि आइफोन ५ एसको मूल्य घट्ने बित्तिकै त्यसको असर नेपाली बजारमा नपर्ला भन्न सकिन्न् ।
एजेन्सीको सहयोगमा
प्रकाशित: २७ बैशाख २०७४, बुधबार