Technology Khabar २५ बैशाख २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, २५ बैशाख । पानी शुद्धिकरण ब्रान्ड केन्ट आर.ओ. सिस्टम लिमिटेडको केन्ट सुपर्व मोडल वेस्ट घरेलु पानी शुद्धिकरण यन्त्र बन्न सफल भएको छ ।
पानी दिवसको अवसरमा उक्त ब्रान्डले वाटर डाइजेस्ट अवार्ड २०१६–१७ जित्न सफल भएको छ । युनेस्कोले वितरण गर्ने यो एवार्ड भारतको सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ ।
यो अवार्ड सन् २००६ देखि वितरण गर्न शुरु गरिएको हो र यो अवार्ड पानी शुद्धिकरण र बचाउ गर्न काम गरिरहेका विभिन्न संघसस्था, एनजिओ तथा व्यक्तिलाई दिने गरिन्छ ।
यसअघि पनि यो ब्राण्डले युनेस्कोको बेस्ट डोमेस्टिक प्युरीफाएर अवार्ड २०१३, इन्डियन पावर ब्रान्ड २०१३, इन्डियाज मोस्ट ट्रस्टेड वाटर प्युरीफाएर ब्रान्ड २०१३ लगायतका अवार्डहरु पाइसकेको छ ।
केन्ट सुपर्व डिजिटल स्मार्ट आर.ओ. पानी शुद्धिकरण यन्त्र हो । यो डिजिटल यन्त्र र केन्ट खुला खनिजिय आर.ओ यन्त्रको समिश्रण हो । यो आर.ओे. प्युरीफायरमा शुक्ष्म नियन्त्रण यन्त्र राखिएको हुन्छ र यसले पानीको शुद्धता केही समयको अन्तरमै डिजिटल स्क्रिनमा देखाउँछ । यसले पानीमा घुलेर रहेको नुन र शुद्ध पानी कसरी फिल्टर भयो भन्ने अलग अलग रुपमा देखाउँछ । फिल्टरको आयु ६० घण्टा भन्दा कम भयो भने यो यन्त्रले आफै प्रयोगकर्ताहरुलाई सचेत गराउने कम्पनीले जनाएको छ ।
शुद्धिकरण यन्त्रले आफै युभी ल्याम्पले काम गरेन, फिल्टर भाँचियो वा पानीको टिडिएस लेभल हुनुपर्ने मात्रामा भएन भने यसमा रहेको सुक्ष्म सिस्टमले आफ्नो स्क्रीनमा देखाइदिन्छ ।
अहिले यो केन्ट आर्.ओे. यान्त्रिक रुपमा पुरिष्किृत र यसको गुणहरुको प्रतिबद्धताको कारण इन्डियामा सबैभन्दा बढि विक्रि हुने आर्.ओ. ब्रान्ड बन्न सफल भएको छ । अहिले भारतमा मात्र केन्ट आर.ओ. को ३,५०० करोड रुपैयाँको व्यापार भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले हावा शुद्धिकरण यन्त्र, तरकारी तथा फलफुल शुद्धिकरण यन्त्र, पानी नरम तथा पानीको प्रवाह वर्धन प्रणाली बिक्री गरिरहेको छ । यसको नेपाली बजार मूल्य ४०,००० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: २५ बैशाख २०७४, सोमबार