काठमाडौं ।
काठमाडौं, २४ वैशाख । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म आयोजना हुने “हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेशनल ट्राभल ब्लर्गस् एण्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि तालिम आयोजना गरेको छ ।
सो कन्फ्रेन्सको आयोजनाका लागि विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिबृद्धि गराउने उद्देश्यले सुरु गरेको “क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम” अभियानअन्र्तगत एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात ब्यक्तित्व एबं विज्ञ थाइल्याण्डका डा. बर्ट भान वालबिकलाई प्रशिक्षकको रुपमा नेपाल आमन्त्रण गरेको छ ।
नेपाल एयरलाइन्स, होटल माया मेनोर र मिड भ्याली ईन्टरनेश्नल कलेजको सहयोगमा पाटा नेपालद्धारा आयोजित २ दिने “माईस टृुरिजम” तालिमा विद्यार्थीहरु, एयरलाइन्स, होटल तथा पर्यटन बोर्डका सहभागि गरी करिव ७० जनाले सहभागिता जनाए ।
डा। बर्टले यस २ दिने तालिममा डेलिभरिङ्ग माईस, बेसिक्स अफ माईस, माईस एण्ड द डेस्टिनेशन, द मिटिङ्ग एण्ड कन्फ्रेन्स माउस, द इ्रेन्सेन्टिभ माउस, द एक्जिभिसन माउस, क्रिएटिङ्ग वाव फ्याक्टर, द रोल कल्चर प्लेज इन माईस सर्भिस, ह्याण्डलिङ्ग क्यूरिज एण्ड कम्पलेन तथा डेलिभरिङ्ग ड्रिम जस्ता शीर्षकहरुमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरले जानकारी गराएको छ ।
प्रकाशित: २४ बैशाख २०७४, आईतवार