Technology Khabar २१ बैशाख २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, २१ वैशाख । माइक्रोसफ्टले नयाँ सर्फेस ल्यापटप (Surface Laptop) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि सर्फेस बुकको रुपमा हाइब्रिड ल्यापटप ल्याएकोमा अहिले भने पूर्णरुपको ल्यापटप ल्याएको हो ।
सर्फेस ल्यापटपमा १३.५ इन्चको पिक्सेलसेन्स डिस्प्ले राखिएको छ भने यो विण्डोज १० एसमा आधारित हुने पहिलो ल्यापटप हो ।
यो ल्यापटपमा इन्टेलको नयाँ कोर आइ ५ तथा कोर आइ ७ प्रोसेसर प्रयोग गरिएको छ । माइक्रोसफ्टले यो ल्यापटपको ब्याट्री साढे ४ घण्टासम्म चल्ने दाबी गरेको छ भने यो आइ सेभेन म्याकबुक प्रोभन्दा पनि तिब्रगतिमा संचालन हुने बताएको छ ।
कोर आइ ५ प्रोसेसर भएको ल्यापटपा ४ जीबी/८ जीबी र्यामका साथमा १२८ जीबी/२५६जीबी एसएसडी राखिएको छ भने इन्टेलको एचडी ग्राफिक्स ६२० रहेको छ । कोर आइ ७ भर्सनमा भने ८ जीबी/१६ जीबीको र्याम तथा २५६जीबी/५१२जीबी एसएसडी राखिएको छ भने यसमा इन्टेलको आइरीस प्लस ग्राफिक्स ६४० प्रयोग गरिएको छ ।
दुबै ल्यापटपमा यूएसबी ३.० पोर्ट, मिनी डिस्प्ले पोर्ट, अडियो ज्याक राखिएको छ ।
विश्व बजारमा सर्फेस ल्यापटपको सबैभन्दा न्यूनतम मूल्य आइ ५ जीबी र्याम १२८ जीबी एसएसडीको मूल्य ९९९ अमेरिकी डलरदेखि शुरु हुनेछ । हाल प्री अर्डर गर्न सकिने ल्यापटप जूनको १५ तारिखदेखि मात्र उपलब्ध हुनेछ ।
प्रकाशित: २१ बैशाख २०७४, बिहीबार