Technology Khabar १९ बैशाख २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, १९ वैशाख । नोकियाको फोनहरु नेपालमा केहि महिनाभित्रै सार्वजनिक हुँदैछ । नेपालमा नोकियाको आधिकारिक बिक्रेताले जेठको चौथो सातातिर फिचर फोनका साथमा ३ वटा स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबिच नोकियाका फ्यानहरुका लागि नयाँ अवसर आएको छ ।
नोकिया मोबाइल बनाईरहेको एचएमडी ग्लोबलले (HMD Global) विश्वभर जून महिनामा नोकिया ३३१० (Nokia 3310) फिचर फोनका साथमा नोकिया ३ नोकिया ५ तथा नोकिया ६ स्मार्टफोन सार्वजनिक गर्दैछ । यसमध्ये नोकियाको फिचर फोनको चर्चा विश्वभर अझै पनि कायमै छ ।
नोकियाले सार्वजनिक गरेको ३३१० को २०१७ एडिशनले चर्चा बटुलिरहेको छ भने ग्राहकहरुले यो फोन किन्नका लागि तिब्र प्रतिक्षा गरिरहेका छन् । यसैबिचमा नोकियाले आफ्ना फ्यानहरुका लागि नोकिया ३३१० को डिजाइन गर्ने विशेष मौका दिन लागेको छ ।
कम्पनीले आफ्नो इन्टाग्राम (Instagram) एकाउन्टमा नोकिया ३३१० को डिजाइनर एडिशनको तस्विर सार्वजनिक गर्दै ग्राहकहरुलाई मनपर्ने डिजाइन गर्न आव्हान गरेको छ ।
सो एकाउन्टमा अंग्रेजीमा लेखिएको छ, ‘हाम्रो लिमिटेड एडिसन प्याकेजिंगका लागि तपाईँको आर्टवर्क ३३१० आर्ट सहित पठाएर आर्टिस्ट बन्नुहोस् । यसबाट तपाईँले नोकिया ३३१० एक्सक्लुसिभ तपाईँको आर्टसहित जित्न सक्नुहुनेछ ।’
नोकियाको आइकोनिक फिचर फोन ३३१० कम्पनीले मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरेको थियो । यो फोन रेड, एल्लो, ब्लू तथा अरेन्ज कलर अप्सनमा आउनेछ ।
यो पनि हेर्नुहोस्-
नोकियाका फोन अब नेपालमै किन्न पाइने, यस्तो छ नोकियाको मूल्य योजना
प्रकाशित: १९ बैशाख २०७४, मंगलवार