पञ्चकन्या समूहले रातोमछिन्द्र नाथको रथारोहणमा सहयोग गर्यो

Technology Khabar १८ बैशाख २०७४, सोमबार

काठमाडौं ।

काठमाडौं, १८ वैशाख । पञ्चकन्या समूहले संस्थागत सामाजीक उत्तरदायीत्वअन्तर्गत रातो मच्छिन्द्र नाथ (बङ्गद्यो) मन्दिर निर्माणार्थ छड उपलब्ध गराएको र रथ जात्रा व्यवस्थापन गर्नको लागि मिखावहाः देगध: गुठीको माग बमोजिम ६०० वटा टि–शर्ट स्वयंसेवकहरुलार्ई उपलब्ध गराएको जनाएको छ ।

प्रत्येक नौ वर्षमा पर्ने पालो अन्तर्गत यसपाली मिखावहाः देगध: गुठीको पालो रहेको छ ।

कम्पनीका बरिष्ठ प्रबन्धक बिश्व जय पुडासैनी लगायतको टिमले उक्त गुठीका अध्यक्ष आपुलाल महर्जनलाई माग बमाजिमको सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

प्रकाशित: १८ बैशाख २०७४, सोमबार

तपाइको प्रतिक्रिया