Technology Khabar १४ बैशाख २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, १४ वैशाख । चिनियाँ कम्पनी साओमीले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले हालै बजारमा साओमी रेडमी सिरिज अन्तरगतको रेडमी फोर एक्स (Redmi 4X) ल्याएको छ ।
यो स्मार्टफोनमा ५ इन्चको एलसिडी डिस्प्ले रहेको छ भने मेटल बडी प्रयोग गरिएको छ ।
यसमा १.५ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ४३५ प्रोसेसर राखिएको छ । त्यस्तै यसमा २ जीबीको र्यामका साथै १६ जीबीको आन्तरिक स्टोरेज पनि रहेको छ ।
फोनमा फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । पावरका लागि यसमा ४,१०० एमएएचको ब्याट्री प्याक रहेको छ ।
एन्ड्रोयड मार्शमाल्लो ६.१ भर्सनमा आधारित यो स्मार्टफोन नेपाली बजारमा १८ हजार ४ सय ९९ रुपैयामा किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।
त्यसैगरि कम्पनीले मे १ तारिखसम्मको लागि यो स्मार्टफोन खरिदमा अफर पनि राखेको छ । अफर योजनाअन्तर्गत प्रत्येक रेडमी ४एक्स फोनको खरिदमा ९९९ रुपैंया मूल्य बराबरको एमआई ईन ईयर हेडफोन बेसिक मेट दिने छ ।
अफर योजनाअन्तर्गत प्रत्येक रेडमी ४एक्स फोन एमआईको शोरुम तथा एमआई नेपालको आधिकारिक वेबसाइटबाट खरिद गर्न सकिने जनाएको छ ।
प्रकाशित: १४ बैशाख २०७४, बिहीबार