बच्चाले अश्लिल तस्वीर हेर्दा अभिभावकलाई सूचना दिने मोबाइल एप

Technology Khabar १४ बैशाख २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, १४ वैशाख । पछिल्लो समय इन्टरनेटमा बालबालिकालाई अश्लिल तस्वीर र भिडियोबाट कसरी बचाउने भन्ने विषय सबैको टाउको दुखाई भएको छ । इन्टरनेटको बढ्दो पहुँच र स्मार्टफोनको बढ्दो प्रयोगले बालबालिकाहरुलाई अश्लिल सामाग्रीहरुको नजिक पुर्र्याएको बेला त्यसबाट रोक्न नयाँ एप आएको छ ।

यदि कुनै बालबालिकाले फोन प्रयोग गरेर अश्लिल तस्वीर हेरे वा त्यस्तो सामाग्रीहरुमा क्लिक गरिरहेका छन भने यो एपले त्यसका अभिभावकलाई सतर्क गर्नेछ ।

यो एपको नाम ग्यालरी गार्डियन (Gallery Guardian) राखिएको छ । यसले बालबालिकाहरुलाई भ्रमित गर्ने तस्वीरहरुबाट बचाउन सकिने बताईएको छ ।

बालबालिकाले आफ्नो फोनमा यस्ता तस्वीरहरु सेभ गरेमा यो एपले बाबु आमालाई अलर्ट पठाई दिन्छ । यिपो टेक्नोलोजीले (Yipo Technologies) तयार पारेको यो एपमा यदि तस्वीरमा कुनै मानिस देखिन्छ भने पहिले त्यसलाई प्रमाणित गर्नेछ । त्यसपछि एपले त्यो फोटोमा भएको स्किनलाई देखिन्छ र यदि तस्वीरमा अधिक स्किन अर्थात छाला देखिन्छ भने त्यसको गणना एपले गर्नेछ ।

यहि बिचमा एपले यो विषयको प्रमाणित गर्नेछ कि तस्वीर संवेदनशिल हो वा होईन् ।

यो एपको परिक्षणमा कुनै तस्वीरलाई यो एपले पत्ता लगाउन नसकेको बताईएको छ । कपडा लगाएको तस्वीरलाई यसले बुझ्न नसकेपनि शरीरको केहि भागलाई भने यसले देखाउन सफल भएको थियो ।

कम्पनीका संस्थापक डेनियल स्कोर्वोन्सकीले यसको मुख्य विषय स्किनको बारेमा ध्यान दिनु रहेको बताए ।

उनकाअनुसार यसले गुप्तांगको पहिचान सहजरुपमा गर्नेछ । डेनियलकाअनुसार गोप्य अंगहरुको बारेमा बुझ्न यो एप सशक्त रहेको छ ।

यो एप बाट अलर्ट प्राप्त गर्नका लागि अभिभावक र बच्चा दुबैले आफ्नो स्मार्टफोनमा यो एप डाउनलोड गर्नुपर्ने हुन्छ र दुबैले यो एप्स एकआपसमा पेयर गर्नुपर्ने हुन्छ ।

यो एपले बालबालिकाको मोबाइलमा भएको अहिलेको तथा आगामी दिनमा राखिने सबै तस्विरहरुलाई विश्लेषण गर्ने बताईएको छ ।

यदि बच्चाको डिभाइसमा कुनै शंकास्पद तस्वीर रहेछ भने एपले अभिभावकलाई तत्काल नोटिफिकेसन दिनेछ र कहिले र कसरी फेला पर्यो भनेर बताउनेछ ।

बिबिसीले गरेको २० तस्वीरको परिक्षणमा १२ तस्वीरहरुलाई यो एपले तत्काल प्रमाणित गरेपछि ८ वटा तस्विरहरुलाई प्रमाणित गर्न असफल भएको थियो । कम्पनीकाअनुसार यो एपले ९६ प्रतिशत तस्वीरहरुलाई पत्ता लगाउन सक्दछ ।

तर स्न्यापच्याट जस्तो एपबाट शेयर भएका तस्वीरहरुलाई भने यो एपले पत्ता लगाउन सक्दैन् ।

माध्यम १ माध्यम २

एन्ड्रोयड डिभाइसमा यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित: १४ बैशाख २०७४, बिहीबार

तपाइको प्रतिक्रिया