Technology Khabar ११ बैशाख २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, ११ चैत । मोबाइल फोन निर्माता कम्पनी जीभीले ५० दिनसम्म ब्याट्री टिक्ने नयाँ फिचर फोन सुमो टि३००० (Jivi Sumo T3000) भारतमा सार्वजनिक गरेको छ ।
कम्पनीकाअनुसार यो फोनलाई एक पटक फुल चार्ज गरेपछि ५० दिनसम्म ब्याकअप दिनेछ, अर्थात तपाईँले ५० दिनसम्म बिना कुनै चार्ज फोनलाई दैनिकरुपमा चलाउन सक्नुहुनेछ ।
जीभी मोबाइल्सका सिईओ पंकज आनन्दले यसमा शक्तिशाली ब्याट्री राखिएको र पटक पटक चार्ज गर्ने समस्यालाई कम गर्ने बताए ।
जीभीको नयाँ फोनमा २.८ इन्चको डिस्स्ले राखिएको छ भने यसमा फ्ल्यासका साथमा फिचर क्यामरा पनि राखिएको छ । फोनमा अटो कल रेकर्ड, मोबाइल ट्रयाकर टर्च लाइट, जीपीआरएसलगायतका फिचरहरु रहेका छन् ।
हाल भारतीय बजारमा मात्र आएको ५० दिनसम्मको ब्याकअप दिने मोबाइल फोनको मूल्य भने १,४९० भारतीय रुपैयाँ रहेको छ ।
एजेन्सी
प्रकाशित: ११ बैशाख २०७४, सोमबार