पर्यटनबारे जानकारी दिने ‘वेलकम नेपाल’ मोबाइल एप, इन्टरनेट बिना प्रयोग गर्न सकिने

Technology Khabar १० बैशाख २०७४, आईतवार

काठमाडौं ।

काठमाडौं, १० वैशाख । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु तथा विभिन्न क्रियाकलापहरु समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ नयाँ वर्ष २०७४ को मौका पारेर पुन सार्वजनिक भएको छ । अन्तराष्ट्रिय र आन्तरिक पर्यटकहरुलाई लक्षित र मुलुकको पर्यटन पर्वद्धन गर्ने उद्देश्यसहित यो मोबाइल एप विकास गरिएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको र आगामी दिनहरुमा आइओेएस प्लेटफर्ममा पनि ल्याउने र विभिन्न प्रविधिको विकास गरिदै लगिने बताए । यस एपलाई एक पटक एप डाउनलोड गरिसकेपछि इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने दाबी गरिएको छ । अद्यावधिक सूचना र जानकारी प्रदान गर्ने हुनाले यसको उपयोगिता बढ्ने बोर्डले अपेक्षा राखेको छ ।

बोर्डका अधिकृत सुदन सुबेदीले यसलाई थप परिमार्जित गरिने र भविश्यमा स्थानियतहमा भएका विभिन्न मेला महोत्सवको बारेमा नोटिफिकेसन पनि आउने गरि बनाईने बताए । उनले यो निरन्तर अपग्रेड भईरहेको भन्दै आगामी दिनमा थप विकास गरिने जानकारी दिए ।
मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुट, लगायत पर्यटनसँग सम्बन्धीत सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ ।

मोबाइल एपमा नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको हुँदा पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने बताईएको छ । हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध रहेको बोर्डले जनाएको छ ।

प्रकाशित: १० बैशाख २०७४, आईतवार

तपाइको प्रतिक्रिया