आर्थिक वृद्धि उच्च बनाएकोमा उद्योगीले अर्थमन्त्रीको प्रशंसा गरे

Technology Khabar ३ बैशाख २०७४, आईतवार

काठमाडौं ।

काठमाडौँ, ३ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघका नव निर्वाचित पदाधिकारिहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

बर्षौपछि, मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रंशसा गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार मन्त्रालयै गएर महासंघका पदाधिकारीहरुले बर्षौपछि मुलुकको आर्थिक बृद्धिदर बढाएको भन्दै अब लगानी मैत्री वातावरण बनाउन आग्रह गरेका हुन् । ‘मुलुकले आर्थिक विकासमा कोल्टे फेर्छ । यस्तो वातावरण बनाउनुभएकोमा हामी खुसी छौँ ।’ उनीहरुले भेटमा भने ।

वर्तमान  सरकारको कामबाट निजी क्षेत्र उत्साहित भएको भन्दै उनीहरुले माओवादी नेतृत्वले उठाउँदै आएको आर्थिक क्रान्तिको अवसर आएकाले मुलुकमा लगानीको वातावरण बनाएमा दश बर्षमै मुलुक आर्थिक समृद्धिको बाटोमा पुग्ने बताएका थिए ।

जवाफमा उपप्रधानमन्त्री महराले निजी क्षेत्रलाई केही बर्षसम्म प्रोत्साहन गरेर नै मुलुकलाई समाजवादमा लान सकिन्छ भन्नेमा आफु दृढ रहको वताए । उनले भने, ‘अब शसस्त्र युद्ध पनि हैन, शीत युद्ध पनि हैन, आर्थिक विकास र समृद्धि नै पहिलो आवश्यकता हो ।’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले निजी क्षेत्रलाई प्रोत्साहन नै गरीने भन्दै निजी क्षेत्रलाई राज्यको सिष्टम भित्र रहेर काम गर्न आग्रह गरे । उनले भने, ‘आर्थिक युद्धले मात्र मुलुकले गति लिन्छ भन्नेमा विश्वस्त छौ ।’

उपप्रधानमन्त्री महरासँग उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष पशुपति मुरारका, चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सहितको टोलीले भेट गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३ बैशाख २०७४, आईतवार

तपाइको प्रतिक्रिया