Technology Khabar ३० चैत्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, ३० चैत । नयाँ वर्षको उपलक्ष्य पारेर विश्वज्योती मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ विश्वज्योती मोबाइल मार्ट सञ्चालनमा आएको हो ।
सोही अवसरमा मार्टले १० दिने मोबाइल महोत्सव पनि सुरु गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच मोबाइल मार्ट तथा महोत्सवको औपचारिक सुरुवात गरिएको हो । 
मार्ट स्थापना तथा नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सवमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइने बताईएको छ । साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ ।
मोबाइल मार्टका अध्यक्ष प्रकाश महर्जनले एउटै छानाबाट धेरै ब्राण्डका मोबाइल बिक्री बितरण गर्दै ती ब्राण्डका मोबाइलको सर्भिसिंग पनि सोही स्थानबाट दिन लागिएको बताए । ‘मोबाइल खरिद गर्न चाहनेलाई धेरै भन्दा धेरै विकल्प एकै स्थानमा दिने हाम्रो लक्ष्य हो,’ उनले भने ।
महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था मोबाइल मार्टले गरेको छ ।
विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मार्टमा एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् ।

प्रकाशित: ३० चैत्र २०७३, बुधबार