
काठमाडौं ।
काठमाडौं, २७ चैत । भारतीय टेक कम्पनी रिलायन्स जियोले फोरजी सपोर्ट गर्ने ल्यापटप ल्याउने तयारी गरेको छ । कम्पनीले ल्याउने ल्यापटपमा फोरजी सिमको लागि विशेष स्थान राखिएको छ ।
हालै आएको फोनराडारको रिपोर्टअनुसार भारतीय कम्पनीले जियो ब्राण्डमा नयाँ ल्यापटप ल्याउन लागेको हो ।
रिपोर्टअनुसार कम्पनीले एप्पलको म्याकबुक एयरको डिजाइन जस्तै ल्यापटपका लागि काम गरिरहेको छ ।
नयाँ ल्यापटपमा १३.३ इन्चको फूल एचडी डिस्प्ले हुनेछ भने फोरजी सपोर्टका साथमा एचडी भिडियो कलिंग क्यामरा पनि राखिनेछ ।
ल्यापटपमा चिकलेट की बोर्ड तथा म्याग्नेशियम एलोए बडी हुनेछ भने कुलिंग फ्यान पनि राखिनेछ ।
इन्टेलको क्वाड कोर प्रिमियम प्रोसेसरमा आधारित यो ल्यापटपमा ४ जीबीको र्याम रहने रिपोर्टमा उल्लेख छ । त्यसैगरि कनेक्टिभिटीका लागि फोरजी, एलटिई, ब्लूटूथ, यूएसबी पोर्ट पनि हुने बताईएको छ ।
जियोले यो ल्यापटप बनाउनका लागि ताइवानी कम्पनी फक्सकनसँग कुराकानी गरेको रिपोर्टमा उल्लेख छ ।
यसअघि सोशल मिडियामा जियोको सेटअप बक्सको फोटो लकि भएको थियो र कम्पनीले केबल क्षेत्रमा प्रवेश गर्ने बताईएको थियो ।
प्रकाशित: २७ चैत्र २०७३, आईतवार