Technology Khabar २० चैत्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २० चैत । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ ।
यो योजना अन्तर्गत परीक्षार्थीले १ रुपैयाँ मात्र तिरेर एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्ने कम्पनीले जानकारी दियो ।
योजना चैत २० गते आइतवारदेखि लागु हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्ने बताइएको छ ।
यो योजना अन्र्तगत परीक्षार्थीले सिम खरीद गरी ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरे पछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् ।
माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्ने कम्पनीको भनाइ छ ।
‘एसईई २०७३ को परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई आशा छ यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई संवोधन गर्ने छ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
ग्राहकले एस्ट्रिक्स ५५४४ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । यो योजना सुरु भएको दिनदेखि ९० दिनसम्मको लागि मान्य रहने जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित: २० चैत्र २०७३, आईतवार