Technology Khabar १८ चैत्र २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १८ चैत । अब नेपाली आइफोन प्रेमीहरुले पनि एप्पलले हालै उत्पादन गरेको आइफोनको विशेष संस्करण रेड आइफोन किन्न पाउने भएका छन् ।
एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले नेपाली बजारमा आइफोनको हालै सार्वजनिक गरिएको विशेष संस्करण उपलब्ध गराउने भएको छ ।
कम्पनीले केहि दिनमा नै रेड आइफोन नामबाट सार्वजनिक भएको विशेष संस्करणका आइफोन सेभेन तथा सेभेन प्लस ल्याउन लागेको हो । यी विशेष आइफोनहरु रातो रंगमा विश्व बजारमा सार्वजनिक गरिएका थिए ।
कम्पनीसम्बद्ध स्रोतले मोबाइल्सखबरलार्इ जानकारी दिएअनुसार नेपालमा पनि विशेष संस्करणको रेड आइफोन आईसकेको छ र केहि दिनभित्रै औपचारिक घोषणा हुनेछ । जेननेक्स्टले विशेष संस्करणका आइफोनहरु आफ्ना आधिकारीक स्टोरहरुबाट बिक्री गर्ने बताईएको छ ।
विशेष संस्करणका आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा मात्र बजारमा उपलब्ध हुनेछ ।
यी संस्करणको मूल्यको बारेमा स्पष्ट जानकारी नभएपनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनका आइफोन सेभेन तथा सेभेन प्लसकै बराबर तोकिने संभावना रहेको छ ।
यो नेपाली बजारमा आएपछि हामी तपाइँलार्इ यसको बारेमा जानकारी दिने नै छौं ।
यो पनि हेर्नुहोस्-
लौ हेर्नुहोस् आइफोन सेभेनको ‘स्पेशल एडिसन’, आइफोन एसईको स्टोरेज दोब्बर
प्रकाशित: १८ चैत्र २०७३, शुक्रबार