Technology Khabar १६ चैत्र २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १६ चैत । तपाईँले आफ्नो मोबाइलमा कसले फोन गर्यो भनेर हेर्ने मोबाइल एप ट्रुकलरमा नयाँ फिचर थपिएको छ । ट्रुकलरमा अब तपाईँले भिडियो च्याट पनि गर्न सक्नुहुने भएको छ ।
ट्रुकलरले गूगलका साथ मिलेर भिडियो कलिंगका लागि डूओ एपलाई जोडेको छ । ट्रुकलरले आफ्नो एपलाई पुरै नयाँ डिजाइनमा सार्वजनिक गर्दै नयाँ भर्सन ट्रुकलर ८ ल्याएको छ । यसमा उच्च गुणस्तरको भिडियो कलिंगका लागि गूगलको डूओ सर्भिसलाई जोडेको हो ।
तपाईँले ट्रुकलरलाई यसअघि फोन गर्ने व्यक्तिको जानकारी दिने एप भनेर चिन्दै आउनुभएकोमा अब भने यसले आफ्नो सेवालाई बिस्तार गर्दै पेमेन्ट गेटवे पनि थप गरेको छ ।
एसएमएस सर्भिस
कम्पनीले अपडेटमा एसएमएस सर्भिस पनि ल्याएको छ । यो नयाँ एसएमउस फिचरबाट ग्राहकहरुले आफ्नो फोनको इनबक्समा पुरै नियन्त्रण गर्न सक्दछन् । यो फिचरको माध्यमबाट यूजरहरुले कसले म्यासेज गरे भनेर थाहा पाउन सक्नेछन भने कुनै स्पाम म्यासेज छ भने ट्रुकलर ८ ले आफैं फिल्टर गरिदिनेछ । यस्तो सेवा यसअघि फेसबुक म्यासेन्जरले शुरु गरिसकेको छ ।
फ्ल्याश म्यासेजिंग सेवा
यसका साथै ट्रुकलरमा फ्ल्याश म्यासेजिंग सेवा पनि थप गरिएको छ । यो नयाँ फिचरबाट प्रयोगकर्ताहरुले ट्रुकलर यूजरलाई छिटोगरि एक प्री डिफाइण्ड म्यासेज पठाउन सक्नेछन्। जसले अगाडिको मानिसलाई उसको लोकेसन, स्टेट अफ माइण्ड तथा बाँकी जानकारीहरु दिनेछ ।
ट्रुकलर पे
यसका साथै कम्पनीले भारतका लागि भनेर ट्रुकलर पे सार्वजनिक गरेको छ । कम्पनीले भारतको आईसिआईसिआई बैंकसँग मिलेर शुरु गरेको हो । यसको माध्यमबाट यूजर्सले पेमेन्ट पठाउन तथा प्राप्त गर्न सक्नेछन् । ट्रुकलरको एपबाट नै प्रयोगकर्ताहरुले मोबाल रिचार्ज पनि गर्न सक्नेछन् ।
ट्रुकलरको भिडियो कलिंग सुविधा भने प्रयोगकर्ताहरुले केहि समय पछि मात्र प्रयोग गर्न पाउनेछन भने यो नयाँ अपडेट तथा फिचर एप्पल तथा एन्ड्रोयड दुबै फोनहरुमा प्रयोग गर्न सकिनेछ ।
प्रकाशित: १६ चैत्र २०७३, बुधबार