Technology Khabar १३ चैत्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, १३ चैत । नेपालमा पढ्ने तथा विदेशमा गएर पढ्न चाहानेहरुको लागि सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यसमा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयहरु तथा तिनमा रहेका विभिन्न कोर्सहरु¸छात्रवृत्तिहरु सँगै आवेदन दिने विभिन्न प्रकृयाहरुको बारेमा जानकारी पाउन सकिन्छ ।
यसको सार्वजनिकरण कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की सेर्पा, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र गेट कलेजका सिईयो खेम लकाईको सहभागीता रहेको थियो । 
एन्ड्रोइड मोबाइलको गुगल प्ले स्टोरमा अंग्रेजी भाषामा पढ्नजाने टाइप गरेर वा तथा वेबएप https://www.padhnajane.com मा हेर्न सकिने यो अनलाइन स्रोतले नेपाल, अमेरिका, जापान र अष्ट्रेलियामा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र ट्रेनिङ ईन्स्टिच्युटहरु, कलेज, युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्याउने उद्देश्य लिएको छ ।
यसका साथै एप्लिकेसन प्रकृया, विदेश जान चाहिन सामाग्रीहरू तथा विदशमा बस्दा बिचार पुर्याउनुपर्ने कुराहरूको बारेमा पनि यसले जानकारी दिन्छ । यसको निर्माण सर्च ईन्जिनको सुविधामार्फत ४०० भन्दा धेरै प्राविधिक स्कुल, १००० कलेजहरु, ४०० युनिभर्सिटीहरु र १६०० भन्दा धेरै फन्डिङ अवसरहरुबाट छानेर त्यहाँको डिग्री, विषय, लोकेसन, तिर्नुपर्ने पैसा, पुर्याउनुपर्ने सर्तहरू तथा डेडलाइनको आधारमा फिल्टर गर्न सकिन्छ ।
म्याच मेकिङ सुविधाबाट आफ्नो शैक्षिक तह, इच्छा र आर्थिक हैसियतअनुसार आफूलाई सुहाउँदो युनिभर्सिटी सँग म्याच गर्न पनि सकिन्छ । विद्यार्थीहरूले यसमा आफ्नो खाता बनाउन, मनपरेको शैक्षिक संस्था, छात्रवृत्ति र अन्य जानकारीहरुलई फेबरेट बनाएर सेभ गर्न सक्छन् । एकीकृत क्यालेन्डर र प्लानर सुविधाबाट डेडलाईनहरु सकिन लागेको बारेमा नोटिफिकेसन दिने कम्पनीले जानकारी दियो ।
देशहरुसँग सम्बन्धित छुट्टाछुट्टै जानकारीहरुले निवेदन दिने विद्यार्थीहरूलाई विदेशमा ध्यान दिनुपर्ने कुराहरु, स्वास्थ्य टिप्सलगायत अन्य सुरक्षासँग सम्बन्धी जानकारीहरू पनि यसले प्रदान गर्दछ । संवाद गर्न मिल्ने अल्टरनेटिभ डिस्कसन फोरमले विभिन्न देशहरूमा भएका विद्यार्थीहरूलाई एकआपसमा सूचनाहरू आदानप्रदान गर्न र सेयर गर्न पनि सहयोग पुर्याउने बताइएको छ ।
चाँडैनै यो अनलाइन स्रोतले अन्य देशहरु थप्ने तथा नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति सुविधाको पनि व्यवस्था गर्ने बताइएको छ । बिकास उद्यमीले यो एप्लिकेसन युवाहरुबाट भर्खरै सुरु भएको ‘टेककुञ्ज’ आईटी कम्पनी सँगको सहकार्यमा विकास गरेको कम्पनीले जानकारी दियो ।
प्रकाशित: १३ चैत्र २०७३, आईतवार