Technology Khabar १० चैत्र २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, १० चैत । फेसबुक लाइभ तपाईँले आफ्नो स्मार्टफोनमा प्रयोग गरिरहनु नै भएको होला । सामाजिक संजालको लाइभ स्ट्रीमिंग कार्य फेसबुक लाइभ बाट गर्न गत वर्ष सबै प्रयोगकर्तालाई उपलब्ध गराईएको थियो । यसबाट प्रयोगकर्ताहरुले आफ्ना लाइभ भिडियो फेसबुकमा गर्न सक्नुहुन्छ ।
यो हाल मोबाइल डिभाइसहरुबाट मात्र आफ्नो गतिबिधिहरु लाइभ गर्न सकिने सुविधा राखिएको छ । त्यसैले तपाईँले कुनै गतिबिधि प्रशारण गर्न फोन वा ट्याबलेट मात्र आवश्यक पर्दछ र यसको अन्य कुनै विकल्पहरु थिएनन् ।
ब भने फेसबुक लाइभ प्रयोगकर्ताले आफ्नो ल्यापटप वा डेस्कटपबाट सजिलै गर्न सक्ने भएको छ । फेसबुकले बुधवार घोषणा गर्दै लाइभ स्ट्रीमिंगको लोकप्रियतालाई बढाउने निर्णय गरेको हो ।
फेसबुककाअनुसार ती डिभाइसहरुमा नहल्लिने स्टेबल क्यामरा सेटअप गरिएको हुनुपर्नेछ र यसले निश्चित कार्यहरु लाइभ गर्न सकिनेछ । ल्यापटप वा डेस्कटपबाट लाइभ स्ट्रीमिंगमार्फत प्रश्नोत्तर, भ्लग्स, वा ट्यूटोरियलहरु गर्न सहज हुनेछ ।
कसरी गर्ने लाइभ
यो सुविधा फेसबुक प्रयोग गर्ने हरेक प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ । तपाईँलाई पनि फेसबुक लाइभ तपाईँको कम्प्यूटरबाट गर्न इच्छा छ भने तपाईँले न्यूज फिड अथवा टाइमलाइनको माथिल्लो भागमा देखिने लाइभ भिडियोमा क्लिक गर्न सक्नुहुनेछ ।
तपाईँले त्यसपछि बिवरण थप गर्न सक्नुहुनेछ भने लाइभ स्ट्रीमिंगको लागि अडियन्स पनि छनौट गर्न सक्नुहुनेछ र त्यसपछि मज्जाले लाइभ गर्नुहोस् ।
प्रकाशित: १० चैत्र २०७३, बिहीबार