Technology Khabar ८ चैत्र २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ८ चैत । एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको छ । कम्पनीले आजै आइफोन सेभेन तथा आइफोन सेभेन प्लसको नयाँ कलर अप्सन घोषणा गरेको हो ।
नयाँ कलरको आइफोन आइप्याड तथा नयाँ सोसियल भिडियो एडिटिंग एपका साथमा घोषणा गरेको हो । कम्पनीले एक विज्ञप्ति जारी गर्दै रेड कलरको आइफोन सार्वजनिक गरेको जानकारी दिएको छ । सो आइफोन आफ्नो आधिकारिक स्टोरमा पनि कम्पनीले बिक्रीका लागि राखेको छ ।
कम्पनीका सिईओ टिम कूकले विगत १० वर्षदेखि रेडका लागि काम गरिरहेको र एचआईभडी एड्सका लागि ग्राहकहरुले यो खरिद गरेर सहयोगी भूमिका खेल्ने बताएका छन् ।
यसको अर्थ कम्पनीले एचआईभी एड्सका विरुद्ध जनचेतना जगाउन रेड कलरको आइफोन बजारमा ल्याएको बुझ्न सकिन्छ । कम्पनीले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो रेड प्रडक्ट मानेको छ ।
एप्पलको यो रेड आइफोन सेभेन स्पेशल एडिसनको रुपमा आएको छ जसमा विशेष मूल्य कायम गरिएको छ । तर पनि यसको कतिवटा यूनिट उपलब्ध छन भन्ने जानकारी छैन् ।
एप्पलको रेड आइफोन सेभेन सिरिजको प्रत्येक खरिदबाट केहि रकम एचआईभी एड्स कार्यक्रममा सहयोगका रुपमा जाने उल्लेख गरिएको छ ।
४.७ इन्चको रेड आइफोन सेभेनको शुरुवाती मूल्य ७४९ अमेरिकी डलर वा प्रति महिना ३६.५८ डलरमा आइफोन अपग्रेड प्रोग्रामअन्तरगत किन्न सकिन्छ भने ५.५ इन्चको आइफोन सेभेन प्लसको शुरुवाती मूल्य ८६९ अमेरिकी डलर वा ४१.५८ प्रतिमहिनाको आइफोन अपग्रेड प्रोग्रामअन्तगत किन्न सकिनेछ ।
रेड आइफोन सेभेन तथा सेभेन प्लस १२८ जीबी तथा २५६ जीबी स्टोरजमा उपलब्ध छन् ।
आइफोन रेडका अतिरिक्त कम्पनीले आइफोन एसईको स्टोरेजलाई दोब्बर बनाएको घोषणा गरेको छ ।
प्रकाशित: ८ चैत्र २०७३, मंगलवार