Technology Khabar ८ चैत्र २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ८ चैत । एनसेलले २ वर्ष अघिदेखि आफ्ना ग्राहकहरुलार्इ दिँदै आएको निःशुल्क ट्वीटर सेवा बन्द गर्ने भएको छ । यहि चैत १२ गतेदेखि एनसेलले आफ्नो फ्रि ट्वीटर सेवा बन्द गर्ने घोषणा गरेको हो ।
ट्विटरसँगको निःशुल्क सेवा चैत १२ गतेसम्म मात्र भएको र त्यसपछि निःशुल्क सेवाको सम्झौता सकिने भएकाले एनसेलले निःशुल्क ट्वीटर सेवा बन्द गर्ने भएको हो ।
त्यसैगरी, एनसेलले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने जनाएको छ ।
एनसेलले २०१४ देखि नै फ्री ट्वीटर सेवा दिँदै आएको थियो ।
फेसबुकसँगको सहकार्यमा केही महिनायता एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्रि फेसबुक सेवा दिर्इ रहेको छ ।
प्रकाशित: ८ चैत्र २०७३, मंगलवार