Technology Khabar ६ चैत्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, ६ चैत । कम्प्युटर सम्बन्धी काम गर्दै आएको हारती कम्प्युटर सर्भिस प्रालि मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा हुने सिइविआईटी ग्लोबल इभेन्ट फर डिजिटल विजनेश सम्मेलनमा सहभागी हुने भएको छ ।
सिइविआईटी सूचना तथा प्रविधि सम्वन्धी हुने उक्त मेला पहिलो श्रेणीमा आउने मेला भएकाे कम्पनीले जानकारी दियो ।
माक्रोसफ्ट, गुगल, सेल्सफोर्स र एसएपी जस्ता विश्वविख्यात कम्पनीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा प्रबद्र्धनको लागि मेलामा भाग लिने गर्छन । मेलामा यस सम्वन्धि विशेषज्ञहरुबाट गोष्ठी तथा सेमिनार हुने गर्दछ ।
हारतीले आफ्ना सेवा तथा विकास भएका सफ्वेयरहरुलाई उक्त मेलामा प्रदर्शन गर्नेछ ।
प्रकाशित: ६ चैत्र २०७३, आईतवार