माइ शप ड्राइ क्लीनर्सको सातौ शाखा महाराजगन्जमा

  • Technology Khabar | २२ फाल्गुन २०७३, आईतवार
माइ शप ड्राइ क्लीनर्सको सातौ शाखा महाराजगन्जमा

काठमाडौं ।

काठमाडौं । विगत ७० बर्ष देखि ड्राइ क्लीनिङ उद्योगमा सलग्न माइ शप ड्राइ क्लीनर्सले आफ्नो सातौ शाखा महाराजगन्जमा खोलेको छ। अत्याधुनिक मेशीनबाट जुनसुकै गार्मेन्ट्सहरु सफा गर्ने यस कम्पनीले बातावरण मैत्री केमिकल्सहरु मात्र प्रयोग गर्ने र सफाइमा कुनै कसर नछोड्ने बताएको छ।

बीसौ बर्ष देखि कार्यरत कर्मचारीहरुले ड्राइ क्लीनिङ ब्यवसायमा बिशेषग्यता हासिल गरिसकेको कम्पनीको दाबी  छ। तीन पुस्ता देखि निरन्तर चल्दै आएको यस कम्पनीलाई समाजमा घरगृहस्ती एवम व्यवसायिक क्षेत्रका धेरैले रुचाउने गरेको कम्पनीको मालिक नीलम हर्जानिले बताए ।

सातौ शाखाको शुभारम्भको अवसरमा फाल्गुन २७ तारिख सम्म ड्राइ क्लीनिङमा १५% छुटको व्यवस्था राखिएको जानकारी दिएको छ ।

प्रकाशित: २२ फाल्गुन २०७३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...