Technology Khabar १३ फाल्गुन २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १३ फागुन । साओमीले नेपाली बजारमा नयाँ समार्टफोन रेडमी फोर प्राइम (Redmi 4 Prime) सार्वजनिक गरेको छ । नेपालमा साओमीका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले साओमी रेडमी ४ प्राइम ल्याएको हो ।
साओमी रेडमी ४ प्राइममा ५ इन्चको फूलएचडी आइपीएस डिस्प्ले राखिएको छ । यो फोनमा २.० गिगाहर्जको क्वालकम स्न्यापड्रागन ६२५ प्रोसेसर राखिएको छ भने फोनमा ३ जीबीको र्याम छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई माइक्रोएसडी कार्डद्धारा बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।
फोनमा ४,१०० एमएएचको ब्याट्री प्याक राखिएको छ ।
फोटोको लागि साओमी रेडमी ४ प्राइममा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलेको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयड ६.०.१ भर्सनमा आधारित एमआईयूआई ८ मा संचालन हुने यो स्मार्टफोनको मूल्य बजारमा २३,४९९ रुपैंया तोकिएको छ ।
रेडमी ४ प्राइम एमआई शोरुमहरुका साथै एमआई नेपालको आधिकारिक साइटबाट पनि किन्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: १३ फाल्गुन २०७३, शुक्रबार