२.२५ लीटरको स्प्राइट बोतल किन्दा माज्जा निशुल्क पाईने

  • Technology Khabar | १ फाल्गुन २०७३, आईतवार
२.२५ लीटरको स्प्राइट बोतल किन्दा माज्जा निशुल्क पाईने

काठमाडौं ।

काठमाडौं, १ फागुन । पेय पदार्थ कम्पनी कोकाकोलाले स्प्राइटमा एक रोमाञ्चक नयाँ अफर बजारमा ल्याएको छ । नयाँ अफर अन्तर्गत, अब उपभोक्ताले स्प्राइटको हरेक २.२५ लीटर बोतलको खरिदमा निःशुल्क पेय पदार्थ माज्जा पाउनेछन्। उपभोक्तामाझ स्प्राइटको रुचि कायम गर्नुका साथमा आँपको चाहनालाई पूर्ति गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यो अफर कोकाकोला तथा फ्यान्टाको खरिदमा पनि लागू गरेको छ । उपभोक्तासँगको सम्बन्धलाई निरन्तरता दिने र कोकाकोलाका विभिन्न पेय पदार्थको स्वाद उनीहरु सामु उपलब्ध गराउने दृष्टिकोणले यो रणनीतिक अभियान सुरु गरिएको हो कम्पनीले जनाएको छ ।

यो अफर मुख्य शहरहरुमा अन्तिम स्टक रहुन्जेलसम्म सीमित गरिएको छ ।

प्रकाशित: १ फाल्गुन २०७३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार