Technology Khabar २३ माघ २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २३ माघ । अब गूगलको जीमेल विभिन्न कम्प्यूटरमा चलाउन नपाईने भएको छ । यदि तपाईँ विण्डोज एक्सपी वा विण्डोज भिस्टा अपरेटिंग सिस्टम प्रयोग गरिरहनुभएको छ भने तपाईलाई समस्या आउने छ ।
हालै गूगलले जीमेल क्रोम ब्राउजरको ५३ औं तथा त्यसभन्दा पुरानाे भर्सनमा काम गर्न बन्द गर्ने भएको छ ।
गूगलकाअनुसार यहि फेब्रुअरी ८ तारिखदेखि तपाईँको पुरानो अपरेटिंग सिस्टममा जीमेल सेवा बन्द गर्ने भएको छ ।
यसको अर्थ यूजर्सले आफ्नो डेस्कटप वा ल्यापटपमा विण्डोज एक्सपी वा विण्डोज भिस्टा अपरेटिंग सिस्टममा क्रोम ब्राउजर चलाउनुहुन्छ भने जीमेलको सुविधा बाट बन्चित हुनुहुनेछ ।
गूगलले आफ्नो ब्लगमा लेखेअनुसार माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम एक्सपी वा विण्डोज भिस्टामा यहि फेब्रुअरी ८ तारिख अर्थात माघ २६ गतेदेखि सपोर्ट बन्द गरेको छ । जसले गर्दा क्रोम ब्राउजरको ५३ औं भर्सन तथा त्यसभन्दा पुरानो भर्सनमा समस्या आउनेछ ।
गूगलले ब्लगमा लेखेको छ, ‘जीमेल यूजर्सले अब माइक्रोसफ्ट एक्सपी वा विण्डोज भिस्टा अपरेटिंग सिस्टम प्रयोग गरिरहेका छन भने ती प्रभावित हुनेछन् । किनकी क्रोमको ४९ औं भर्सन मात्र जीमेलको विण्डोजका यी अपरेटिंग सिस्टममा सपोर्ट गर्दछ ।’
यसअघि माइक्रोसफ्टले विण्डोज एक्सपी वा विण्डोज भिस्टाका लागि सपोर्ट र मेन्टेनेन्स बन्द गर्ने घोषणा गरेको थियो । यहि आधारमा गूगलले यूजर्सलाई यसको अपग्रेडेड भर्सन प्रयोग गर्न र सुरक्षित हुन आग्रह गरेको छ ।
यदि तपाईँ पनि माइक्रोसफ्टको विण्डोज एक्सपी वा विण्डोज भिस्टा अपरेटिंग सिस्टम चलाईरहनुभएको छ भने अब तत्काल तपाई अपग्रेड हुनुपर्ने भएको छ । नत्र तपाईँ समस्यामा पर्नुहुनेछ । यसको लागि अब तीन दिन मात्र बाँकी छ ।
एजेन्सीहरू
प्रकाशित: २३ माघ २०७३, आईतवार