हिमालय एअरलाईन्सकाे दोस्रो नयाँ विमान अवतरण

  • Technology Khabar | १८ माघ २०७३, मंगलवार
हिमालय एअरलाईन्सकाे दोस्रो नयाँ विमान अवतरण

काठमाडौं ।

काठमाडौं, १८ काठमाडाैं । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सको दोस्रो नयाँ विमान ए ३२० मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

जर्मनीबाट उडान गरिएको, नाइन एन–एएलभी रजिष्ट्रेशन नम्बरको विमान अवतरणको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा नेपाल नागरिक उड्डयनका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय लगायत प्राधिकरणका पदाधिकारीहरु उपस्थित रहेको कम्पनीले जानकारी दिएको छ ।

हिमालय एअरलाईन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले १५८ सिट क्षमता रहेको विमानमा ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा इकोनोमी क्लासको रहेको जानकारी दिए ।

‘दोस्रो एअरवस ए ३२० को आगमनसँगै यस हिमालय एअरलाईन्सको समुह आगामी दिनमा ग्राहकहरुको उत्कृष्ट सेवाको लागि अत्यधिक मेहनतका साथ प्रस्तुत हुनेछ,’ श्रेष्ठले भने ।

प्रकाशित: १८ माघ २०७३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार