
काठमाडौं ।
काठमाडौं, १८ माघ । एप्पल वल्र्ड मोबाइल प्रालिले पुनः एकपटक एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ । आजबाट फागुन १० गते सम्मका लागि ल्याइएको एक्सचेन्ज अफरको अवधीमा १ हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान गरिएको छ ।
दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने याेजना ल्याएकाे हाे । यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ ।
त्यस्तै युएमआई ४ जिबी र्याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ ।
जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
यसैगरी एप्पल वल्र्डले आयोजना गरेको अफरअन्तर्गत दशैं र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जना बम्पर प्राइज बिजेता जनकलाई फसिनो स्कुटर प्रदान गरिएको छ । सामसुङको ४६ इन्च टिभी बेनु प्रसाइले पाइन भने हुवावेको पि ९ मोबाइल कुमार चन्दले पाए ।
विभिन्न कम्पनीका मोबाइल तथा अन्य पुरस्कार पाउन सफल हुनेहरुमा खगनाथ नेपाल, प्रमोद न्यौपाने, गंगा कार्की, जनार्दन गौतम, विद्या लामा, पुष्पराज भट्ट, सुन्दर मल्ल, विवेक राई, मदन गिरी, देवेन्द्र डंगोल, विपिन कँडेल, सुजाता संयुक्ता रहेको एप्पल वल्र्डले जनाएको छ ।
प्रकाशित: १८ माघ २०७३, मंगलवार