कृषि विकास बैंकको मोबाईल बैंकिग शुरु, पाँच तहको सुरक्षा प्रणाली

  • Technology Khabar | ४ माघ २०७३, मंगलवार
कृषि विकास बैंकको मोबाईल बैंकिग शुरु, पाँच तहको सुरक्षा प्रणाली

काठमाडौं ।

काठमाडौं, ४ माघ । कृषि विकास बैंक लि. र एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. विच मोबाईल बैंकिग सेवा संचालन बारे सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको उपस्थितीमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ तथा एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

बैंकले आफ्ना ग्राहकहरुलाई ‘एडिबिएल स्मार्ट बैंकिग’ नामक मोबाइल बैंकिग सेवा उपलब्ध गराउने छ । बैंकको आवश्यकताअनुसार एफ वान सफ्टले तयार गरेको उक्त सफ्टवेयर अत्यन्त सुरक्षित, भरपर्दाे तथा हालसम्म नेपालका अन्य बैंकहरुमा प्रयोग नभएको सुरक्षा प्रणाली र यस मार्फत हुने वित्तिय कारोबारलाई थप सुरक्षित गर्न ओपिटीको व्यवस्था समेत रहेको बैंकले दाबी गरेको छ ।

ग्राहकले सेवा लिन एडिबिएल स्मार्ट बैंकिंगमार्फत वा अनलाईनमा नै आवेदन फारम भर्न सक्ने, बैंक कर्मचारीको संलग्नतालाई लगभग शुन्य पारिएको तथा ५ तहको सुरक्षा प्रणाली अवलम्बन गरिएको बैंकले जनाएको छ ।

हरेक कारोबारको सूचना प्राप्त हुने, रकम ट्रान्सफर गर्न सकिने, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न सकिने, चेक तथा डेविट कार्ड आदि रोक्का गर्न सकिने, कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धि जानकारी लिन सकिनेलगायतका अन्य सुविधाहरु उपलब्ध भएको साथै यसवर्ष नै सेवालिने ग्राहकलाई बार्षिक शुल्क नलाग्ने समेत बैंकले जनाएको छ ।

प्रकाशित: ४ माघ २०७३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार