Technology Khabar २ माघ २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २ माघ । सामसंगको नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी एस एटको (Galaxy S8) बारेमा विभिन्न चर्चाहरु आई नै रहेका छन् । विभिन्न किसिमका समाचारका बिचमा कुन सहि हो र कुन गलत हो भन्ने अझै थाहा हुन सकेको छैन् ।
यसैबिचमा सामसंग ग्यालेक्सी एस एटको लागि भनेर थ्रीडी रेन्डर गरिएको केश अर्थात कभरको चित्र बाहिर आएको छ ।
हालै बाहिर आएको तीनवटा चित्रमध्ये पहिलोमा सामसंगको एज डिजाइन देखिएको छ । यसको दुबैतर्फ घुमाउरो डिस्प्ले डिजाइन छ भने यसमा होम बटन नहुने देखिएको छ । यसको होम बटन तथा फिंगरप्रिन्ट बटन ग्लासभन्दा मुनी हुने चर्चा हुँदै आएको छ ।
यो केशको अर्को विशेषता भनेको यसको माथि र तल दुबै भागमा स्पीकरको लागि प्वालहरु राखिएका छन् । यसले ग्यालेक्सी एस एटमा स्टेरियो स्पीकर हुने देखाउँछ । त्यसैगरी यसको केश हेर्दा यसमा ३.५ मिलिमीटरको हेडफोन ज्याक पनि रहने चित्रमा देखिन्छ ।
यसैबिच मोबाइल फनले सामसंग ग्यालेक्सी एस एटका लागि भनेर ओलिक्सर अल्ट्रा थिन सामसंग ग्यालेक्सी एस एट एस केस लिस्टेड गरेको छ । यो केस पनि ग्यालेक्सी एस एटमा दुबैतिरको डिस्प्ले घुमाउरो हुने आधारमा सार्वजनिक गरिएको छ । तर यो डिजाइन नै सहि हो भन्ने कुनै सत्यता छैन् । तर पनि मोबाइल फोन केस निर्माता कम्पनीले साइटमा लिस्टेड गरेको हुँदा यो केहि हदसम्म सत्य हो कि भन्ने हो ।
उता भिजन एड टेक्नोलोजिले देखाएको एउटा भिडियोमा सामसंगको नयाँ फोन अझै पातलो हुने देखाएको छ । जसमा करिब ६ इन्चको ठूलो स्क्रीन तथा फिजिकल बटन हटाईएको देखाइएको छ ।
सामसंग ग्यालेक्सी एस एट यहि अप्रिलमा सार्वजनिक हुने तयारीमा रहेको छ, जसले सामसंगको आफ्नो बिक्री लक्ष्यलाई हासिल गर्न सहयोग गर्नेछ भने नोट सेभेनको जस्तो ब्याट्री समस्या नआएमा यसले सन् २०१७ को बजारमा नयाँ उचाई कायम गर्न सक्ने अनुमान गरिएको छ ।
तर अझै पनि यसको बारेमा स्पष्ट जानकारी नआएको हुँदा ग्यालेक्सी एस एट कस्तो हुन्छ भन्ने अझै भन्न सकिँदैन् ।
प्रकाशित: २ माघ २०७३, आईतवार