Technology Khabar २७ पुष २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, २७ पुस । एप्पलको नयाँ आउन लागेको आइफोनमा पुन स्टेलनेश स्टीलको प्रयोग हुने भएको छ । कम्पनीको यहि वर्ष आउने अनुमान गरिएको आइफोन एटमा (iPhone 8) नयाँ चेसिस फ्रेम प्रयोग हुनसक्ने छ ।
एप्पलले यसको परम्परागत एलुमिनियम ब्याक कभर डिजाइनलाई त्यागेर नयाँ डिजाइन बनाउने तयारीमा रहेको छ । नयाँ आईफोनमा दुईवटा ग्लास प्यानलको बिचमा मेटल फ्रेम भएको डिजाइन हुनेछ । त्यसैगरी यसमा हुने मेटल बेजल स्टेलनेश स्टीलबाट बनेको हुनेछ । यो नयाँ डिजाइनले यसलाई बलियो बनाउने र उत्पादन खर्च कम गर्ने बताईएको छ ।
अझ स्पष्ट भाषामा भन्दा नयाँ नेक्स्ट जेनेरेसनको आइफोन एट यसअघिको आइफोन फोर (iPhone 4) जस्तै डिजाइनमा आउनेछ । कम्पनीले आइफोन फोरमा स्टेलनेस स्टील फ्रेम प्रयोग गरिएको छ जून फक्सकन तथा जबिलले आपूर्ती गरेको थियो ।
अहिले पनि ती कम्पनीहरुले नै आइफोन एट उत्पादनको प्रकृयामा रहेका छन त्यसैले यी सामाग्रीहरु अमेरिकामा रहेको जबिलबाट फक्सकन इलेक्ट्रोनिक्समा आपूर्ती हुनेछ ।
आपूर्ती श्रृंखलाको माथिल्लो तहको स्रोतअनुसार नयाँ प्रकृयामा हालको यूनिबडी सिएनसी मेसिन प्रोसेस भन्दा ३० देखि ५० प्रतिशत लागत कम हुन्छ, जबकी गूणस्तर थप स्थीर हुनेछ ।
नयाँ डिजाइनले हाल एप्पलमा चेसिस आपूर्ती गरिरहेका कम्पनीहरु क्याचर टेक्नोलोजी तथा केसटेकको अपरेसनमा असर पर्ने हुन्छ, तर एप्पलले ती कम्पनीबाट अन्य सामाग्री पनि निरन्तर किन्ने र स्टेलनेस स्टील बेजेल पनि खरिद गर्नेछ जसले कम्पनीलाई कुनै ठूलो असर पर्दैन् ।
एप्पलको नयाँ आईफोन उत्पादन गर्नका लागि कम्पनीले विस्ट्रोनलाई नयाँ एसेम्बलरको रुपमा जोडेको छ, जसले फक्सकन तथा पेगाट्रोन टेक्नोलोजीसँगै काम गर्नेछ ।
प्रकाशित: २७ पुष २०७३, बुधबार