महिन्द्राको इलेक्ट्रिक गाडी ‘इ२ओ’ बजारमा

Technology Khabar २६ पुष २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, २६ पुस । भारतीय गाडि उत्पादक कम्पनी महिन्द्राको इलेक्ट्रिक गाडी इ२ओ स्पोट्र्स अग्नि इनर्जी प्रा.लिले सार्वजनिक गरेको छ । राजधानीमा मंगलवार एक कार्यक्रमका बिच इ२ओको नयाँ संस्करण इ२ओ स्पोट्र्स सार्वजनिक गरिएको हो ।

नेपाली बजारमा इ२ओ स्पोट्र्स इलेक्ट्रिक गाडीको प्रारम्भिक मूल्य २६ लाख रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

गाडी सार्वजनिक गर्दै महिन्द्रा इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत महेश बाबुले इलेक्ट्रिकल गाडीहरुले फोसिल फ्यूलबाट चल्ने गाडीहरुलाई सडकमा उछिन्ने दिन टाढा नरहेको बताएका छन् ।

सार्वजनिक गरिएको गाडीको शक्तिशाली पर्फमेन्स्, उत्कृष्ट फिचर्स्ले ग्राहकहरु माझ छिटै लोकप्रिय हुनेमा आफू विश्वस्त रहेको बाबुले बताए ।

१ सय किलोमिटर प्रति घण्टाको गतिमा गुड्ने गाडीमा लेदर सिट, ब्लूपन्क्ट इन्फोटेन्मेन्ट सिस्टम तथा स्टेयरिङ्ग माउन्टेड अडियो कन्ट्रोल लगायतका फिचरहरु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा इ२ओ स्पोट्र्स बुकिंग गर्ने पहिलो खरिदकर्तालाई गाडिको साँचो हस्तान्तरण गरिएको थियो ।

प्रकाशित: २६ पुष २०७३, मंगलवार

तपाइको प्रतिक्रिया