Technology Khabar २६ पुष २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं,२६ पुस । डाबर च्यवनप्राशको उत्पादक तथा बजार–व्यवस्थापन कम्पनि डाबर च्यवनप्राशले जाडो मौसमलाई लक्षित गरी काठमाडौंका ३१ वटा विद्यालयहरूमा “स्कुल इम्युनो च्याम्प २०१६” कार्यक्रम सञ्चालन गरेको छ । यो अभियानबाट डाबर च्यवनप्राशले शरिरको आन्तरिक शक्तिका बारेमा र स्वच्छ तथा सन्तुलित खानेकुरा, तातो पानी, सरसफाइमा ध्यान दिनुका साथै न्यानो लुगा लगाउनुपर्ने सन्देश विद्यालयहरूमा पुर्याएको छ ।
डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानबाट सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतसँग सहकार्य गरी यी विद्यालयहरूबाट डाबर नेपालले लुगाहरू सङ्कलन पनि गरेको थियो । सङ्कलित लुगाहरूको सङ्ख्या बराबर नै डाबर नेपाललेथप नयाँ न्यानो लुगाहरू पनि उपलब्ध गराई एक कार्यक्रमका बीच बजार व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले सो लत्ताकपडा बस्नेतको संस्था अर्लि चाइल्डहुड डेभलप्मेन्ट सेन्टरलाई उपलब्ध गराए ।
गोर्खालीले भने, “डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानबाट हामीले प्रयोग गर्न सकिने न्याना लुगाहरू सङ्कलन गर्यौँ । ती लुगाहरूमा हामीले सोही सङ्ख्या बराबरको नयाँ लुगा पनि थप गरेर पुष्पा बस्नेतज्यूलाई हस्तान्तरण गरेका छौँ । नेपालभरि विभिन्न झ्यालखानाहरूमा रहेका बालबालिकाका लागि यी न्याना लुगाहरू जाडो याममा उपयोगी हुनेछन् ।”
डाबर च्यवनप्राशले आफ्नो “स्कुल इम्युनो च्याम्प“ कार्यक्रम र साथै स्प्रेड द वार्म्थ अभियानलाई आगामी दिनहरूमा काठमाडौँ उपत्यकाबाहिर पनि बिस्तार गर्ने जनाएकाे छ ।
प्रकाशित: २६ पुष २०७३, मंगलवार